तुरतुरे ताल हेर्ने आन्तरिक पर्यटकहरु बढे


बाग्लुङ्ग–––बागलुङको तुरतुरे ताल हेर्ने आन्तरिक पर्यटकहरु बढेका छन । जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा पर्ने तुरतुरेमा गत भदौ ३० गते राती पहाड खसेर बडिगाड खोला थुनिएपछि बनेको उक्त तालले अहिले आन्तरिक पर्यटकलाई आकर्षण गर्दै आईरहेको छ । पानी ओभर फ्लो भएर बगेपनि पानी जम्मा भएर बनेको ताल आन्तरिक पर्यटकको रोजाई बनेको छ । पहाड खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्व भएको थियो । दशैं अगावै पहिरो पन्छाई सडक सुचारु गरेपछि अहिले ताल हेर्नेको संख्या दिनानसदिन बढ्दै गएको बडिगाड गाउपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले जानकारी दिए । सडक किनारमा रहेको तालमा पुग्ने र सेल्फी खिच्दै सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुको लर्को नै रहेको छ । हिजोआज उक्त ताल हेर्न र रमाउनको लागि दिनहुँ बागलुङ छिमेकी जिल्ला गुल्मी लगायत अन्य जिल्लाबाट सयौंको संख्यामा त्यहा‘ आन्तरिक पर्यटकहरु आउने गरेको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले जानकारी दिए । तुरतुरे ताल हेर्न युवा पुस्ता देखि वृद्व वृद्वासम्म त्यहा‘ जाने गरेका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्गको आडैमा पर्ने उक्त ताल हेर्न र रमाउन लोकमार्गमा गुड्ने सवारीहरु समेत रोकेर यात्रुहरूले तालको अवलोकन गर्ने गरेका छन् । ताल हेर्न र रमाउन पैदल यात्री मोटरसाईकल र स्कुटीमा बढि मात्रामा युवा पुस्ता आउने गरेको स्थानियले बताए ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव