आधारभुत प्राथमिक उपचार तालिम आजबाट म्यालपोखरीमा शुरु


गुल्मी–नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीद्धारा सञ्चालीत आपतकालीन स्वास्थ्य कार्यक्रम अन्र्तगत आधारभुत प्राथमिक उपचार तालिम आजबाट म्यालपोखरीमा पनि शुरु भएको छ । सांसद् रामकुमारी झाक्रीले आज सो तालिमको उद्घाटन गर्नुभएको हो । उद्घाटन शत्रको कार्यक्रमलाई सम्बोधन गदै सांसद झात्रीले तालिममा सिकेका कुराहरुलाई लाई व्यवहारमा उर्तान सके आपतकालिन् समयमा यसले बिशेष सहयोग पु¥याउने बताउनुभयो ।झाक्रीले भन्नुभयो ‘रेडक्रस एउटा मानविय सेवाका लागि स्थापीत सामाजिक संस्था हो । यसले सरकार नपुगेको ठाउँमा गएर सेवा दिएको छ ।’ यसकारण पनि यसले आपतकालिन अवस्थमा झन महत्वपुर्ण कार्य गदै आएको बताउनुभयो ।
मदाने गाउँपालिकाका प्रमुख दान बहादुर के.शी,नेपाल रेडक्रस सोसाइटी जिल्ला उप–सभापति कृष्ण प्रसाद भण्डारी,जिल्ला सदस्य विष्णु प्रसाद भण्डारी,शाखा अधिकृत कृष्ण खनाल लगायतको आतिथ्यता रहेको थियो । प्रमुख प्रशिक्षक कृष्ण प्रसाद भण्डारीले तालिम सम्बन्धी प्रकाश पार्नुभएको थियो । अन्य प्रशिक्षकको रुपमा जिल्ला सदस्य विष्णु भण्डारी,कोड सेकेण्डका सुपरभाइजर थानेश्वर अर्याल,कोड सेकेण्डका सामाजिक परिचालक प्रकाश भट्टराई,परियोजना संयोजक रोशनसिहँ ठकुरी रहनुभएको छ ।
तालिम पुर्कोटदह शाखाका सभापति ढाल बहादुर राहुतको सभापत्वि तथा उप–सभापति घनश्याम भट्टराईको स्वागत मन्तव्य रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन टकेन्द्रप्रसाद सेन ओलीले गर्नुभएको थियो । तालिम २४ जनाले लिईरहेका छन् । सो तालिम यस अघि नै पुर्कोट दहमा सम्पन्न भईसकेको छ ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव