रेडियो रेसुङ्गाका स्टेशन म्यानेजर खत्री सम्मानीत् 


गुल्मी–––––रेडियो रेसुङ्गाका स्टेशन म्यानेजर अनिता खत्री बिन्ध्यावासीनी संगित साँझ २०७५ बाट पुरस्कृत हुनुभएको छ । मुक्तिनाथ विकास बैङ्कको प्रायोजन तथा बिन्ध्यावासीनी म्युजिक प्रा.लिको प्रस्तुति तथा विन्ध्यावासीनी फाण्डेसको आयोजनामा सञ्चालन भएको बिन्ध्यावासीनी संगित साँझ २०७५ बाट देशभरका ७ जना पत्रकारहरु पुरस्कृत भएका छन् ।
सात वटा प्रदेशका १ जना छनोट गरिएको उक्त सम्मान्मा प्रदेश नं ५ को तर्फबाट रेडियो रेसुङ्गाका स्टेशन म्यानेजर अनिता खत्री सम्मानीत हुनुभएको हो । 

विन्ध्यावासीनी संगित साधना सम्मान् २०७५ गायीका ज्ञानु राणालाई प्रदान गरिएको छ । विन्ध्यावासीनी संगित साँझ २०७५ मा यस वर्ष बाट देश संघियताको ढाँचामा अगाडि बढिरहेको सन्र्दभमा विन्ध्यावासीनी पत्रकारीता पुरस्कारबाट हरेक प्रदेशबाट १ जना छनोट गरी पुरस्कृत गरिएकोे संस्थाले जनाएको छ । जसअन्र्तगत
प्रदेश नं १ बाट सपनी राई इलाम एफ.एम,प्रदेश नं २ शिवंम कुमार शाह नारायणी एफ.एम,
प्रदेश नं ३ बाट हरिबल्वभ नेपाल मेरो एफ.एम,
प्रदेश नं ४ बाट प्रकाश पौड्याल धौलागिरी टेलिभिजन,
प्रदेश नं ५ बाट अनिता खत्री रेडियो रेसुङ्गा,
प्रदेश नं ६ बाट केवश ढकाल भेरी एफ.एम 
प्रदेश नं ७ बाट कृष्ण ओली बाजुरा एफ.एम 
साथै बिन्ध्यावासीनी म्युजिक अर्वाड २०७५ मा बिन्ध्यावासीनी लाइफ टाइम अचिभमेन्ट अर्वाड २०७५,संगितकार शक्ति बल्वभलाई,बिन्ध्यावासीनी संगित रत्न सम्मान् २०७५ गायक सुगम पोखरेललाई बिन्ध्यावासीनी कला पत्रकारीता सम्मान् २०७५ रमण घिमिरे लगायत समेत सम्मान् गरिएको बताईएको छ । 

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको