पछिल्लो समय नेपालमा  गरीबीको दुष्चक्र चलिरहेको राष्ट्रिय सभा सदस्य पाण्डेको भनाई  


गुल्मी असोज––––
राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बद्रि पाण्डेले पछिल्लो समय नेपालमा गरिबीको दुष्चक्र चलिरहेको बताउनुभएको छ । सरकारले जनताको जीवनस्तरलाई मथि उठाउनुको साटो करको भार थोपेर जनतालाई झन समस्यामा पारेको बताउनुभयो ।
नेपाली कांग्रेस स्थानीय तह विभाग गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको नेपाली कांग्रेसबाट स्थानीयतहमा निर्वाचित जनप्रतिनिधि र पार्टी तथा भातृसंस्थाका प्रमुख प्रतिनिधिहरुलाई अभिमुखीकरण तालिमलाई सम्बोधन गदै उहाँले यस्तो बताउनुभएकोे हो ।
उहाँले दुई तिहाई बहुमत प्राप्त सरकारले जनताहरुको साना भन्दा साना काम समेत गर्न नसकेको बताउनुभयो । वर्तमान् सरकार प्रति लक्ष्यित गदै पाण्डेयले अहिलेको सरकार केबल गफमा मात्र सिमित रहेको बताउनुभएको थियो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका पाण्डेयले जतिपनि परिर्वन भएका छन् ती सबै परिवर्तन नेपाली कांग्रेसको उपलब्धि भएको बताउनुभयो ।
पाण्डेयले राजनैतिक परिवर्तन,संवैधानिक परिवर्तन काङग्रेसको उपलब्धि भएको बताउँदै एकात्मक शासन प्राणालीबाट हाल सघिंय शासन पद्धतिमा रुपान्तरण गरी कार्यान्वयनको चरणमा हुनु यसैको उदाहरण भएको बताउनुभएको थियो ।


कार्यक्रमलाई नेपाली कांग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ,नेपाली कांग्रेसका पुर्व सभापति तथा पुर्व सांसद रुद्रमणि शर्मा भण्डारी,सचिव खिलध्वज पन्थी,बिष्णु सापकोटा लगायतले सम्बोध गदै अहिलेको अवस्थामा पार्टीलाई सङगठित गदै एकताबद्ध भएर लैजानु पर्नेमा जोड दिनुभएका थियो । पार्टीलाई बलियो बनाउन तल्लो तहबाट नै मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको हो ।
उक्त अभिमुखकीरण तालिममा जिल्ला न्याधिवक्ता लक्ष्मण घिमिरेले मुलुकी ऐन फौजदारी संहिताका विषयमा,जिल्ला अदालतका श्रेष्टेदार दुर्गा प्रसाद बस्यालाले संविधानको मौलीक हकका बिषयमा,मुलुकी ऐनका बिषयमा सीता घिमिरे,स्थानीय सरकार सञ्चालन ऐनका बिषयमा बिष्णु बलाल,पार्टी र जनप्रतिनिधिबिचको सम्बन्धका बिषयमा नेपाली कांग्रेसका प्रशिक्षण विभाग प्रमुख छन्द बहादुर पहराईले प्रशिक्षण दिनुभएको थियो ।


नेपाली कांग्रेस स्थानीय तह विभाग जिल्ला संयोजक थम्मन् बहादुर खत्रीको सभापत्वि रहेको कार्यक्रमको सञ्चालन कांग्रेसका क्षेत्रिय सभापति भगतसिहँ खड्काले गर्नुभएको थियो ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव