महेन्द्र नमुना माध्यामिक विद्यालयमा महेन्द्र तारा प्रतियोगिता सम्पन्न

गुल्मी असोज –––
महेन्द्र नमुना माध्यामिक विद्यालय रेसुङ्गा नगरपालिका तम्घास गुल्मीमा महेन्द्र तारा प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जसअन्र्तगत उक्त विद्यालयमा अध्ययनर गर्ने विद्यार्थीहरुको आन्तरीक प्रतिभाको प्रस्फुटन गराउने उदेश्यले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सो प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमका संयोजक रोम विश्वकर्माले बताउनुभएको छ ।
जसमा शिक्षक दिपक पाण्डेयको संयोजकत्वमा निर्णायक मण्डल गठन गरिएको थियो ।
आज भएको फाइनल प्रतियोगिताबाट कक्षा ९ मा अययनरत दिया श्रेष्ठ महेन्द्र तारा बन्न सफल हुनुभएको छ । भने उपविजेता आरती तण्डन हुनुभएको छ । यस्तै असीम सुनार मडिल च्याप बन्न सफल हुनुभएको छ । भने उपविजेता शुस्मा सुनार हुनुभएको छ ।यस्तै प्राथमिक तहको लिटिल च्याप रोजी चुँदारा बन्न सफल हुनुभएको छ ।
भने गंगा परियारले दोश्रो स्थान हासिल गर्नुभएको छ विजेताहरुलाई नगद पुस्कार सहित बधाई ज्ञापन गरिएको विदालयका लेखापाल शालिकराम पन्थीले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडाँमणि पन्थीको सभापत्वि रहेको कार्यक्रममा विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वर्तमान् सल्लाहाकार संयोजक भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
भने रेसुङ्गा नगरपालिका १ का वडा अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय,शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुर श्रीस लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो । विद्यालयका प्रार्चाय केशर बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विष्णु खरेलले गर्नुभएको थियो ।