वित्तिय संस्थाहरुले उत्पादनमुखी व्यवसायीक क्षेत्रहरुमा लगानी गरी स्वरोजार स्थापना गर्नुपर्ने गुल्मीका प्रजिअ पौडेलको भनाई

गुल्मी असोज १५–––
गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले वित्तिय संस्थाहरुले उत्पादनमुखी व्यवसायीक क्षेत्रहरुमा लगानी गरी युवाहरुलाई स्वरोजारमुखी बनाउनुपर्ने बताउनुभएको छ । आज सदरमुकाम तम्घासमा मैत्री बहुउद्देश्य सहकारी संघ गुल्मीले आयोजना गरेको कृषकहरुलाई ६० प्रतिशत ब्याज अनुदान वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । यस खालका वित्तिय संस्थाहरुले बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाउन कृषि,पशुपालन क्षेत्रमा लगानी गदै प्रशस्त मात्रामा रोजगारका अवशरहरु सृजना गरी विदेशीने युवाहरुलाई पनि स्वदेशमै स्वरोजार प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
युवा स्वरोजार कोर्ष गुल्मीका सचिव जीवन ज्ञवालीले स्वरोजगार कोर्षबाट लगानी भएको रकम नियमित रुपमा ६० प्रतिशत ब्याज अनुदान प्रक्रियालाई निरन्तरता दिने बताउनुभयो । साथै यहाँले जिल्लामा भएको लगानीका बारेमा तथा संस्थाले प्रदान गर्ने सेवा सुविधाका विषयमा जानकारी गराउनुभएको थियो । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,युवा तथा साना व्यवसायी स्वरोजार कोर्षबाट लगानी भएको उक्त संस्थाले आज एक कार्यक्रमका बिच जिल्लाका २८ जना व्यवसायीक कृषकहरुलाई ३ लाख ३८ हजार १ सय रुपैँया ब्याज अनुदानमा वितरण गरेको छ ।
मैत्री बहुउद्देश्य सहकारी संस्थाका सदस्य गोपाल सुनारको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । भने गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेय,कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख चक्रापाणिँ पन्थी,युवा स्वरोजार कोषका सचिव जीवन ज्ञवाली लगायतको बिशेष आतिथ्यता रहेको थियो । संस्थाका व्यवस्थापक अर्जुन प्रसाद अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन घनश्याम मरासीनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।