वित्तिय संस्थाहरुले उत्पादनमुखी व्यवसायीक क्षेत्रहरुमा लगानी गरी स्वरोजार स्थापना गर्नुपर्ने गुल्मीका प्रजिअ पौडेलको भनाई


गुल्मी असोज १५–––
गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले वित्तिय संस्थाहरुले उत्पादनमुखी व्यवसायीक क्षेत्रहरुमा लगानी गरी युवाहरुलाई स्वरोजारमुखी बनाउनुपर्ने बताउनुभएको छ । आज सदरमुकाम तम्घासमा मैत्री बहुउद्देश्य सहकारी संघ गुल्मीले आयोजना गरेको कृषकहरुलाई ६० प्रतिशत ब्याज अनुदान वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।  यस खालका वित्तिय संस्थाहरुले बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाउन कृषि,पशुपालन क्षेत्रमा लगानी गदै प्रशस्त मात्रामा रोजगारका अवशरहरु सृजना गरी विदेशीने युवाहरुलाई पनि स्वदेशमै स्वरोजार प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।


युवा स्वरोजार कोर्ष गुल्मीका सचिव जीवन ज्ञवालीले स्वरोजगार कोर्षबाट लगानी भएको रकम नियमित रुपमा ६० प्रतिशत ब्याज अनुदान प्रक्रियालाई निरन्तरता दिने बताउनुभयो । साथै यहाँले जिल्लामा भएको लगानीका बारेमा तथा संस्थाले प्रदान गर्ने सेवा सुविधाका विषयमा जानकारी गराउनुभएको थियो । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,युवा तथा साना व्यवसायी स्वरोजार कोर्षबाट लगानी भएको उक्त संस्थाले आज एक कार्यक्रमका बिच जिल्लाका २८ जना व्यवसायीक कृषकहरुलाई ३ लाख ३८ हजार १ सय रुपैँया ब्याज अनुदानमा वितरण गरेको छ ।


मैत्री बहुउद्देश्य सहकारी संस्थाका सदस्य गोपाल सुनारको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । भने गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेय,कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख चक्रापाणिँ पन्थी,युवा स्वरोजार कोषका सचिव जीवन ज्ञवाली लगायतको बिशेष आतिथ्यता रहेको थियो । संस्थाका व्यवस्थापक अर्जुन प्रसाद अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन घनश्याम मरासीनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव