जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयद्धारा गुल्मीका विभिन्न स्थानमा नागरीक सहायता कक्ष स्थापना

गुल्मी असोज –––
जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालय गुल्मीले नजिकिदै गरेको चाडपर्वहरुलाई मध्यनजर गदै जिल्लाका विभिन्न स्थानमा नागरीक सहायता कक्षको स्थापना गरेको छ । बिशेष गरी हिन्दु नेपालीहरुको महान चाड बडा दशै तथा तिहारलाई लक्ष्यित गदै उक्त साहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख डोर बहादुर थापाले जानकारी दिनुभएको छ । 


जसअन्र्तगत रिडि बसपार्क,सदरमुकाम तम्घासको उदिनढुङ्गा,बुढाथोकी बसपार्क गरी जिल्लाका ३ स्थानहरुमा नागरीक सहायता कक्षको स्थापना गरिएको थापाले बताउनुभएको छ । यो समयमा यात्रुहरुको सुबिधालाई मध्यनजर राख्दै बढी यात्रु हाल्ने,बढि भाडा लिने,क्षमता भन्दा बढि यात्रु बोक्ने लगायत सवारी दुर्घटना न्युनिकरण गर्नका लागि पनि जिल्ला ट्राफिक कार्यालयले बिशेष निगरानी बढाएको पनि थापाले जानकारी दिनुभएको छ ।
 
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव