पत्रकार घिमिरेलाई उत्कृष्ट क्रियाशित पत्रकारीता पुरस्कार २०७५ प्रदान्


गुल्मी भदौँ २६––
नेपाल प्रेस युनियन गुल्मीले पत्रकार जनार्दन घिमिरेलाई उत्कृष्ट क्रियाशित पत्रकारीता पुरस्कार २०७५ वाट सम्मान गरेको छ । युनियनको मंगलवार सदरमुकाम तम्घासमा सम्पन्न सातौं जिल्ला अधिवेशनको अवशरमा घिमिरेलाई उक्त पुरस्कारवाट सम्मान गरिएको हो । 

नेपाल प्रेस युनियनद्वारा स्थापना गरिएको उक्त पुरस्कार प्रत्येक तीन तीन वर्षमा जिल्लामा क्रियाशिल पत्रकारहरु मध्यवाट छनोट गरि प्रदान गर्ने गरिन्छ । नगद र सम्मान पत्र सहित नेपाली काँग्रेसका केन्द्रिय सदश्य चन्द्र भण्डारीद्वारा उक्त पुरस्कार प्रदान गरिएको हो ।

अधिवेशनको अवशरमा घिमिरेसँगै अन्य तीन जना पत्रकारहरु पनि सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा पदमपाणी स्मृति पत्रकारीता पुरस्कार रेडियो रेसुंगाका मनु सुनार र जनचेतना पत्रकारीता पुरस्कार पत्रकार हेम त्यागिलाई प्रदान गरिएको छ । 

कार्यक्रममा साहित्यीक पत्रकारिता क्षेत्रमा लामो समयसम्म योगदान पुराएको भन्दै हाम्रो पुरुषार्थका सम्पादक शशि पन्थीलाई समेत सम्मान गरिएको थियो । सोही अवशरमा प्रेस युनियनका  पुर्व अध्यक्षहरु रेशम कुँवर, महेन्द्र भण्डारी, शालीक पन्थी र जितेन्द्र थापा लाई समेत  सम्मान गरिएको थियो । 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव