नेपाल प्रेस यूनियन गुल्मीको ७ औं जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा कुवँर निर्वाचित 

गुल्मी भदौँ २६––
            
नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्र ध्वस्त पारे ताना शाहा आउने बताएका छन् । आज नेपाल प्रेस यूनियन गुल्मीको ७ औं जिल्ला अधिवेशनको तम्घासमा उद्घाटन गर्दै भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्रलाई ध्वस्त पारे एकलौटी र ताना शाहा प्रबृत्ति आउने बताएका हुन् । गुल्मीबाट धेरै मन्त्री भएकाले मेडिकल क्षेत्र र पत्रकारिता क्षेत्रलाई छुन हुन्न भन्नूस् भण्डारीले पत्रकारलाई भने,‘मिडियाले सहि सत्य तथ्य भूमिका खेले जीवनमा प्रचार गर्न नसकेका कुराहरु बाहिर ल्याउन सकिन्छ ।’ पत्रकार बिना नेता चल्न सक्दैन् र नेता बिना पत्रकार पनि चल्न सक्दैन् भण्डारीले भने, ‘हामीले समाचार उत्पादन गर्दछौ र पत्रकारले समाचार लेख्छन् ।’ 
सत्ता पक्ष प्रति खनिएका नेता भण्डारीले पत्रकार मार्फत सरकारका मन्त्रीहरुलाई भने,‘तपाईहरुले भन्दीनुस् लेख्निुस् चन्द्र भण्डारीले गुल्मीको कार्यक्रममा चुनौति दियो हामीहरुको पालामा ल्याएको बजेट पाँच वर्ष सम्म ल्याउनु हुनुन्छ भने रिडीमा म फुलमाला लगाउन उभिन्छु भनेर चुनौति दिए भन्नुस् ।’ सरकार पक्षका मन्त्रीलाई चुनौति दिए भनेर रिसाउन हाल्नुस् उनले,‘भने रिसाउन हाले बजेट आउथ्यो कि ।’ 
उनले भने हाम्रो पालामा जस्तै बजेट अहिलेका मन्त्रीले पाँच वर्ष सम्म ल्याउनुस आजिवन सभासद दिन्छौं । मिडियालाई कुन बाटोमा लैजाने हाम्रो दायित्व हो उनले भने,‘नेपालको नेतृत्वको कम्जोरी अबस्था आयो राजनैनित देखि लिएर हरेक नेतृत्व कम्जोर छ ।’ सत्ता पक्ष प्रति कडा प्रतिपाद गर्दै भण्डारी बर्तमान मन्त्री नेतृत्व ठूला कुरा बोल्ने काम सिन्को नभाच्ने गरि अघि बढेको आरोप लगाएका छन् । 
प्रमुख अतिथी समेत रहनुभएका केन्दिय सदस्य तथा पुर्व सभासद चन्द्र भण्डारीले अहिलेको नेतृत्व बढी बोल्ने तर काम कम गर्ने गरेको कारण नागरिकहरुले अपेक्षा गरेअनुसारको काम हुन नसकेको बताउनु भएको छ । सरकारका मन्त्रिहरु एउटा सडक दर्जनौ पटक शिलन्यास र उद्घाटन गर्न हिड्ने तर  योजना निर्माण र बजेट विनियोजनमा ध्यान नदिएको आरोप लगाउनु भएको छ ।  
कार्यक्रममा नेपाली कागे्रसका जिल्ला सभापती भुवन प्रसाद श्रेष्ठ,प्रेस युनियनका केन्दिय सदस्य माधव अर्याल,जिल्ला सचिव खिलध्वज पन्थी,पत्रकार महासघ गुल्मीका अध्यक्ष नवराज भुसाल लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा प्रेस युनियनका जिल्ला अध्यक्ष हरि श्रेष्ठको सभापतित्व रहेको थियो । अधिवशेनले रेशम कुवँरको अध्यक्षतामा ११ सदस्य नयाँ जिल्ला कार्य समितिकोचयन गरेको छ ।जसको उपाध्यक्षमा हेम भण्डारी त्यागी,सचिव रमेश विश्वकर्मा,कोषाध्यक्ष तेजेन्द्र कुमार श्रेष्ठ,सह–सचिव कमला पहराई लगायत रहनुभएको छ ।
भने केन्द्रिय प्रार्सद्मा हरिकुमार श्रेष्ठ,जर्नाधन घिमिरे,तारा भुसाल,कौरव खत्री,कालिदास खरेल,श्रृङखला बजा्रचार्य रहनुभएको छ । भने प्रदेश प्रतिनिधिमा प्रकाश घिमिरे,विष्णु आर्चाय,सुमन महतरा,प्रकाश के.शी,मोहन बस्नेत,भुवन भुसाल,रमेश रसाइली,गंगा भण्डारी,कविता गैरै लगायत हरनुभएको छ । कार्यक्रममा तारा भुसालको स्वागत मन्तव्य रहेको थियो भने संचालन जर्नाधन घिमिरेले गर्नु भएको थियो । 
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव