तीजको दर खाँदा ५० बिरामी

 

 


काभ्रे । पाँचखाल नगरपालिका १२ कासकोटे बालुवामा शुक्रबार ग्रामिण स्वावलम्बन बहुउद्देश्यिय सहकारीले आयोजना गरेको तीज कार्यक्रममा दर खाएका ५० भन्दा धेरै बिरामी भएका छन् ।

दर खाएर फुड पोइजन भइ बिरामी भएको भन्ने खबर बिहान आएपछि घटना स्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रमुख एसपी रबिराज खडकाले बताउनुभयो ।

बिरामीभएको महिला बालबालिका र पुरुषहरुलाई एम्बुलेन्स र प्रहरीको गाडीको ब्यवस्थापन गरेर उपचारका लागि स्थानीय र प्रहरीको सहयोगमा धुलिखेल र बनेपाको अस्पतालमा ५० जना जति ल्याइसकेको प्रहरी प्रमुख एसपी खडकाले बताउनुभयो  ।

अहिले बिरामी केहिको पाँचखालको मेडिकल, धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको प्रहरी प्रमुख एस्पी खडकाले बताउनुभयो ।

घट्ना सम्बन्धमा थप अनुसन्धानको लागि घट्नास्थल जिल्ला प्रहरी कार्यलय काभ्रेका डिएसपी दिपक गिरीको टोली खटाएको प्रहरी प्रमुख एसपी खडकाले बताउनुभयो ।

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको