गुल्मीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु 


  
     २० भदौ गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधवार बिहानै जिल्लाको रेसुङ्गा नगपालिका वडा नम्बर ४ सेउघामा तु ४ त १०९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक छत्रकोट गाउँपालिका ४ घर भएका २१ वर्षिय सञ्जु बिकको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हवल्दार देबीप्रसाद पौडेलले बताए । 
    ट्याक्टर जिल्लाको इस्मा गाउँपालिका छल्दीबाट बालुवा लिएर तम्घास तर्फ आउँदै गरेको थियो । दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिव २ सय मिटर भन्दा तल खसेर चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सह चालक घाइते भएको प्रहरीले जनाएको छ । 
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव