बिन्ध्यावासीनी संगित साँझ २०७५ बाट रेडियो रेसुङ्गाका स्टेशन म्यानेजर खत्री पुरस्कृत 


गुल्मी भदौँ १८–––
रेडियो रेसुङ्गाका स्टेशन म्यानेजर अनिता खत्री बिन्ध्यावासीनी संगित साँझ २०७५ बाट पुरस्कृत हुनुभएको छ ।
मुक्तिनाथ विकास बैङ्कको प्रायोजन तथा बिन्ध्यावासीनी म्युजिक प्रा.लिको प्रस्तुति तथा विन्ध्यावासीनी फाण्डेसको आयोजनामा सञ्चालन हुन गईरहेको बिन्ध्यावासीनी संगित साँझ २०७५ बाट देशभरका ७ जना पत्रकारहरु पुरस्कृत हुने भएका छन् ।
सात वटा प्रदेशका १ जना छनोट गरिएको उक्त सम्मान्मा प्रदेश नं ५ को तर्फबाट रेडियो रेसुङ्गाका स्टेशन म्यानेजर अनिता खत्री छनोट हुनुभएको हो ।
विन्ध्यावासीनी संगित साधना सम्मान् २०७५ गायीका ज्ञानु राणालाई प्रदान गरीने विन्ध्यावासीनी संगित साँझ २०७५ मा यस वर्ष बाट देश संघियताको ढाँचामा अगाडि बढिरहेको सन्र्दभमा विन्ध्यावासीनी पत्रकारीता पुरस्कारबाट हरेक प्रदेशबाट १ जना छनोट गरी पुरस्कृत गरीने संस्थाले जनाएको छ । 
प्रदेश नं १ बाट सपनी राई इलाम एफ.एम,प्रदेश नं २ शिवंम कुमार शाह नारायणी एफ.एम,
प्रदेश नं ३ बाट हरिबल्वभ नेपाल मेरो एफ.एम,
प्रदेश नं ४ बाट प्रकाश पौड्याल धौलागिरी टेलिभिजन,
प्रदेश नं ५ बाट अनिता खत्री रेडियो रेसुङ्गा,
प्रदेश नं ६ बाट केवश ढकाल भेरी एफ.एम 
प्रदेश नं ७ बाट कृष्ण ओली बाजुरा एफ.एम 
साथै बिन्ध्यावासीनी म्युजिक अर्वाड २०७५ मा बिन्ध्यावासीनी लाइफ टाइम अचिभमेन्ट अर्वाड २०७५,संगितकार शक्ति बल्वभलाई,बिन्ध्यावासीनी संगित रत्न सम्मान् २०७५ गायक सुगम पोखरेललाई बिन्ध्यावासीनी कला पत्रकारीता सम्मान् २०७५ रमण घिमिरे लगायत समेत सम्मान् गर्ने बताईएको छ । 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव