विद्युत प्राधिकरणका कर्मचारी उपभोक्ताको घरमै नगई विल काट्ने गरेको गुनासो

 

गुल्मीको मदाने गाउँपालिका वार्ड नं २ मा विद्युत प्राधिकरणका कर्मचारी उपभोक्ताको घरमै नगई विल काट्ने गरेको पाईएको स्थानीयले गुनासो गरेका छन । गुल्मीको मदाने गाउपालिकाका सवै ठाउमा यस्तै अवस्था रहेकोे बताईएको छ  । वार्ड नं २ बासपाटाका लाल प्रसाद भट्राईको मिट्रमा ४८ युनिट खपत भएकोमा विद्युत प्रधिकरणले खटाएका व्यक्तिले उपभोक्ता कहाँ नै नपुगि १५१ युनिट लेखेर गांउका बासिन्दा संगै सवै गाउँको विल पठाएको भेटिएको हो । 

उनी मात्र होईन सोहि ठाउँकै अर्का जिवलाल भट्राईको पनि २९ युनिट खपत भएकोमा १५१ युनिट नै देखाईएको छ । गाउँका अधिकांश उपभोतmाकहां विलमा १५१ युनिट नै खपत देखाएर विल पठाएको स्थानीयले बताए । त्यति मात्र होईन विधुत प्रधिकरणले खटाएका ति व्यक्तिले आउँदै नआएको २०७५ असोज महिनाको विल समेत विद्युत उपयोग नगरिकनै पठाईरकेका छन् । 

विद्युत प्रधिकरणले महसुल उठाउन तम्घास र आसपासका क्षेत्रमा प्रधिकरणका कर्मचारीले मासिक उठाउने र ग्रामिण भेगमा ठेक्का मार्फत प्रत्येक ३ महिनामा एक पट्क विल पठाउने सिष्टम रहेको हुदा ठेकेदारको लापरवाही हुनसक्ने बताए । 

यता स्थानियले महसुल बुझाउन तम्घास सदरमुकाम पुग्नु पर्ने बाध्यता रहेको हुँदा विचौलियालाई एक्ट्रा ५० रूपैया तिरेर पठाउने गरेको बताए । संघीय सरकारले गाउँ गाउँमा सिंह दरबारको नारा घन्काई रहँदा उपभोक्ता अझै मर्कामा परेका छन् । प्राधिकरणबाट प्रत्येक महिना ग्राहकको घरमा जडान भएको मिटरमा ग्राहकले खपत गरेको विद्युत शक्तिको नियमित रुपमा मिटर रिडिङ्ग गरी ग्राहकलाई विद्युत खपतको बिल दिनु पर्नेछ । कुनै महिना ग्राहकको घर कम्पाउण्डको ढोका बन्द भएको वा ताल्चा लगाइएको वा अन्यअवस्था परी मिटर रहेको ठाउँसम्म पुग्न नसकेको कारणले मिटर रिडिङ्ग गर्न नसकिएमा त्यस्तो महिनाको लागि न्युनतम विद्युत खपत वापतको मासिक महशुलको न्यूनतम मासिक विल दिईनेछ र अर्को महिना मिटर रिडिङ्ग गर्दा देखिएको जम्मा विद्युत खपतको अङ्कमा उक्त न्युनतम मासिक महशुलको खपत अङ्क वापतको हुन आउने रकम घटाई विल दिईनेछ । मिटर रिडरले उपविनियम (३) मा उल्लेखित कारणले मिटर रिडिङ्गगर्न नसकेमा अनुसूची – १७ अनुसारको प्रतिवेदन कार्यालय प्रमुख समक्ष अनिवार्य रुपमा दिनु पर्ने प्रावधान छ ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव