कांग्रेसको विधान संशोधन मस्यौदा समितिको पहिलो बैठक सम्पन्न, सुझाव संकलन गर्ने निर्णय

शुक्रबार, ८ भदौ, २०७५

news

काठमाडौं, भदौ ८ ।

नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिको बैठकले पार्टीका सबै भ्रातृ संगठन, जिल्ला सभापति र बुद्धिजीबीसँग सुझाव संकलन गर्ने निर्णय गरेको छ । मस्यौदा समितिको आज पार्टी कार्यालय सानेपामा बसेको पहिलो बैठकले संकलित सुझावलाईसमेत ध्यानमा राखेर विधान परिमार्जन गर्ने निर्णय गरेको हो । बैठकले महासमिति बैठकमा पार्टीका तर्फबाट पेश गर्ने एजेण्डा पनि तय गर्ने छ । बदलिंदो संरचनाअनुसार पार्टीको स्थानीय, क्षेत्र र केन्द्रीयस्तरमा गठन गरिने  सांगठननिक ढाँचाको बारेमा पनि छलफल भएको छ । बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समितिले विभिन्न चरणमा सुझाव संकलन गर्ने र समितिभित्र यथेस्ट गृहकार्य गरी चाँडो मस्यौदा पेश गर्ने बताए । नेपाली कांग्रेसले लामो विवादपछि बिहीबारमात्र विधान मस्यौदा समिति गठन गरेको थियो । समितिमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का संयोजक र सदस्यहरुमा डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक छन् ।

 

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको