गुल्मीका सुनचाँदी व्यवसायीहरु आन्दोलित

गुल्मी भदौँ ७ – 

गुल्मीका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । गुल्मी सुनचाँदी व्यवसायी संघ गुल्मीले आज एक प्रेस विज्ञप्ती जारी गदै चाडपर्वको समयमा पनि जिल्लामा माग भएअनुसारको सुनचाँदी आपूर्ति नभएको भन्दै आफुहरु आन्दोलित हुनु परेको गुल्मी सुनचाँदी व्यवसायी संघ गुल्मीका अध्यक्ष बालकृष्ण बरालद्धारा हस्ताक्षित विज्ञप्तीमा जनाईएको छ ।  
नेपाल सुनचाँदी व्यवसायी महासंघले गुल्मी जिल्लालाई महिनाको ४ किलो सुन दिने भनेर निर्णय भएअनुसार चाडपर्वको समसयमा पनि १ किलो पनि सुन आपूर्ति नभएकोले आफुहरु आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भएको सुनचाँदी व्यवसायी संघ गुल्मीले जनाएकोे छ । केही समय पहिला उच्च रहेको सुनको मुल्य अहिले आएर घटेको भन्दै मुल्य घट्नु तथा आपूर्ति नुहँदा ग्राहहरुको मागअनुसार सुन उपलब्ध गराउन नसकिएको पनि उक्त विज्ञप्तीमा जनाईएको छ ।

साथै सुनको मुल्य घटेको अवस्थामा ग्राहकहरुमा पनि सुनको मुल्य घटेकोले सुन व्यवसायीहरुले गहना बिक्रि नगरेको हो की भन्ने भम्र पर्न गएको भन्दै सुनको आपूर्ति सहज रुपमा नहुँदा यस्तो समस्या पर्न गएको पनि संघले जनाएको छ ।  साथै आम ग्राहक वर्गमा यर्थाथ जानकारी गराउन तथा सरकारलाई पनि यो अवस्थाप्रति ध्यानकर्षण गराउने उद्देश्यले गुल्मी सुनचाँदी व्यवसायी संघले जिल्लामा रहेका नगर तथा गाउँपालिका स्तरीय सुनचाँदी व्यवसायीहरुको निर्णय अनुसार यहि भाद्र ७,८ र ९ गते आफ्नो व्यवसाय बन्द गर्ने निर्णय समेत गरिएको संघले जनाएको छ । 


साथै आजै गुल्मी सुनचाँदी व्यवसायी संघ गुल्मीले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई आफुहरुको समस्या प्रति ध्यानाकर्षण गराएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलले यस विषयमा सम्बन्धीत पक्षसँग आफुले जानकारी गराउने बताउनुभएको थियो । 

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव