हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिंदै गर्दा अमेरीकामा पनि रौनक

अगष्ट

न्यूयोर्क - हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिंदै गर्दा अमेरीकामा पनि रौनक छाएको छ । बिदेशमा बसे पनि आफ्नो देशको चाडपर्व र संस्कारलाई बिर्सिन कहॉ सकिंदो रैछ र । त्तिजमा नाचगान गरेर रमाउनेका लागि डेढ दशकदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आउनुभएका राजेन्द्र गौतम र सरस्वती गौतमको परिवारले आफ्नै घरमा यस्तो अवसर जुटाईदिनु भयो । कामको व्यस्तताका बाबजुत पनि एउटै घरमा यति धेरै ठूलो जमघट सायद अमेरिकामा यो पहिलो होला । जहॉ १०० भन्दा बढी महिला दिदी बहिनी र दाजुभाईलाई आमन्तरण गरेर नाचगान गर्ने र तिजको दर खुवाउने व्यवस्था गर्नुभएको थियो । यो रमाईलो क्षणमा महिला दिदी बहिनीहरु निकै सिंगारिएर नाचगान गरिरहेका थिए भने पुरुष दाजुभाईहरुले आमन्त्रितहरुलाई दर खुवाउने काममा सहयोग गरिरहनु भएको थियो । आफ्नो धर्म, संस्कृति र संस्कारलाई जगेर्ना गर्ने क्रममा गौतम परिवारले गरेको यो आयोजनाको सबैले खुलेर प्रशंसा गरिरहेका थिए । गुल्मीको धुर्कोटमा जन्मिनु भएका गौतम समाज सेवामा पनि सक्रिय भई गुल्मेलीहरुको परोपकारी संस्था गाम को महासचिव पदमा रहनु भएको छ । यसै क्रममा उहॉले सेप्टेम्बर ३ तारिख सोमबारको बेलुका गुल्मेलीहरुको संस्थाले पनि तिजको दर खाने कार्यक्रमको आयोजना गरेको र सबैलाई उपस्थितिको लागि समेत अनुरोध गर्नुभयो ।

छोरा निर्दाेष भएको ट्रम्पको दाबी ||

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका छोरा जुनियर ट्रम्प निर्दाेष भएको दाबी गरेका छन् ।  उनले अमेरिकाको राष्ट्रपति चुनावको

भारतबाट अब सजिलै नेपालमा पैसा पठाउन मिल्ने

असोज २४ – आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा सुरु गरेका छन् ।  सम्झौता अनुसार

५ कक्षाका विद्यार्थीलाई प्रश्न– जहाजमा २६ भेँडा र १० खसी छन् भने क्याप्टेनको उमेर कति होला ?

    बेइजिङ, माघ १७ । ‘एउटा जहाजमा २६ भेँडा र १० खसी छन् भने सो जहाजका क्याप्टेनको उमेर कति होला ?’ यो प्रश्नको जवाफ कुनै गणित विज्ञान वा सूत्रमा

अमेरिकी कंग्रेसद्वारा विवादित कागजात सार्वजनिक, एफबीआईलाई तनाव

अमेरिकी कंग्रेसले एउटा विवादित कागजात सार्वजनिक गरेको छ । जसमा अमेरिकी गुप्तचर निकाय एफबीआईमाथि आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाइएको छ