एसियाली खेलकुदको दोस्रो दिन आज नेपालले ७ खेलमा प्रतिस्पर्धा गर्दै

आइतबार, ३ भदौ, २०७५

news

काठमाडौं । एसियाली खेलकुदको दोस्रो दिन आज(आइतबार) नेपालले विभिन्न ७ खेलमा प्रतिस्पर्धा गर्दैछ । अन्तर्राष्ट्रिय खेलकुदमा नेपालका लागि सबैभन्दा सफल खेल तेक्वान्दोमा आज नेपालले ३ विधामा आफ्नो चुनौती पस्कँदैछ । पुरुष पुम्सेअन्तर्गत अन्तिम १६ मा कमल श्रेष्ठले चाइनिज ताइपेइका चेन चिङसँग प्रतिस्पर्धा गर्नेछन् भने महिला एकल पुम्सेको अन्तिम १६ मा पार्वती गुरुङले चाइनिज ताइपेइकै लियाउ वेन सुवानसँग खेल्नेछिन् । तेक्वान्दोकै महिला टिम पुम्से अन्तिम १६ मा नेपालले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । महिला टिममा पार्वतीसँगै निता गुरुङ र सिना मादेनले प्रतिस्पर्धा गर्नेछन् । तेक्वादोको पुम्सेतर्फ यो नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो ।

आजै नेपालले उसुमा पनि प्रतिस्पर्धा गर्दैछ । पुरुष छान छ्वाङमा विजय सिंजालीले प्रतिस्पर्धा गर्नेछन् भने पुरुष सान्डा ६० केजीको अन्तिम १६ मा नेपालका मंगलप्रसाद थारुले इन्डोनेसियाका सोफियान अब्दुल ह्यारिससँग खेल्नेछन् । पुरुषकै सान्डा ७० केजी अन्तिम १६ मा नेपालका चित्रसिंह ठकुरीले दक्षिण कोरियाका ह्याम ग्वान्सिकसँग प्रतिस्पर्धा गर्नेछन् । महिला सान्डा ५२ केजी अन्तिम १६ मा जुनी राईले भियतनामकी एनजुएन थोएसँग खेल्नेछिन् । उसुकै महिला नान छ्वान र नान्दाओमा नेपालकी निमा घर्तीमगरले प्रतिस्पर्धा गर्ने छिन् । ब्याडमिन्टनतर्फ नेपालले पुरुष र महिला दुवैको टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ । सोझै अन्तिम १६ खेल्ने मौका पाउँदा नेपाली पुरुष टोलीले पाकिस्तान तथा महिला टालीले माल्दिभ्सँग प्रतिस्पर्धा गर्नेछन् । फेन्सिङको महिला एकल साब्रेमा नेपालकी कमला श्रेष्ठले आजै तीन खेल खेल्नेछिन् । समूह ‘सी’ अन्तर्गतको खेलमा श्रेष्ठले हङकङकी आउ सिन यिङ, मंगोलियाकी युनदेनदोर्ज अरुनजाया र जापानकी तामुरा नोरिकासँग प्रतिस्पर्धा गर्नेछिन् ।

यसैगरी महिला एकल साब्रोमै रविना थापाले दक्षिण कोरियाकी युआन जिसु, क्याम्बोडियाकी छाए लिन्ली र इरानकी राफिई देखे फैजेहसँग खेल्नेछिन् । फुटबलतर्फ समूह डीको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग खेल्नेछ । त्यस्तै कबड्डीको पुरुषतर्फ आयोजक इन्डोनेसियाको सामना गर्नेछ भने सुटिङको १० मिटर एयर राइफल मिक्स टिममा नेपालले प्रतिस्पर्धा गर्नेछ ।

कप्तान सन्दिपको किफायती बलिङ, सिंगापुरद्वारा ७४ रनको लक्ष्य ||

काठमाडौं ।  आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई जितका लागि ७४ रनको सामान्य लक्ष्य

नेपालको विजय सुरुआत, सिंगापुर ४ विकेटले पराजित ||

काठमाडौं ।  नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसियन क्षेत्रको छनोटमा विजय सुरुआत गरेको छ । सोमबार भएको पहिलो

यु–१९ क्रिकेट : नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य

साउन ६ – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भइरहेको

नेपाल एसिया कपमा छानियो, मलेसिया १० विकेटले पराजित

काठमाडौं, भदौ ३१ । एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले मलेसियालाई १० विकेटले पराजित