यू–१५ साफ महिला फुटबल: तेस्रो स्थानका लागि अाज नेपाल र भुटान खेल्दै

 

  भदौ २, २०७५ शनिवार 

 

unn.prixa.net

भुटानमा जारी यू–१५ साफ महिला फुटबलमा तेस्रो स्थानका लागि शनिबार नेपाल र घरेलु टोली भुटान भिड्दै छन् । समूह चरणमा पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै तेस्रो स्थानका लागि भुटानसँग खेल्न लागेको हो । भुटान सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको थियो । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार शनिबार दिउँसो पौने ४ बजे सुरु हुनेछ । समूह चरणमा नेपालले पाकिस्तानलाई ४–० ले पराजित गरेको थियो । त्यसैगरी गएकाे संस्करणको उपविजेता बंगलादेशसँग भने नेपाल ३–० ले पराजित हुँदै उप विजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनलमा नेपाल साविक विजेता भारतसँग २–१ गोल अन्तरले पराजित भएसँगै उपाधिको होडबाट बाहिरिएको थियाे । उपाधिका लागि आजै गत संस्करणको विजेता भारत र उप विजेता बंगलादेश भिड्दै छन् ।

कप्तान सन्दिपको किफायती बलिङ, सिंगापुरद्वारा ७४ रनको लक्ष्य ||

काठमाडौं ।  आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई जितका लागि ७४ रनको सामान्य लक्ष्य

नेपालको विजय सुरुआत, सिंगापुर ४ विकेटले पराजित ||

काठमाडौं ।  नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसियन क्षेत्रको छनोटमा विजय सुरुआत गरेको छ । सोमबार भएको पहिलो

यु–१९ क्रिकेट : नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य

साउन ६ – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भइरहेको

नेपाल एसिया कपमा छानियो, मलेसिया १० विकेटले पराजित

काठमाडौं, भदौ ३१ । एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले मलेसियालाई १० विकेटले पराजित