गुल्मीका एक युवा व्यावसायी भेतनाममा सम्मानित

२०७५ भदौ १
गुल्मीका एक युवा व्यावसायी भेतनाममा सम्मानित भएका छन् । जिल्लाको सदरमुकाम तम्घास स्थित जय सगरमाथा अटो मोवाइल्स प्रालि बजाज स्वरुम सञ्चालन गर्दै आएका सञ्चालक नारायण जिसी भेतनाममा उत्कृष्ट राष्ट्रिय अवार्डले सम्मानित भएका हुन् । सदरमुकाम तम्घास स्थित बजाज स्वरुम सञ्चालन गर्दै आएका युवा व्यावसायीलाई नेपालकै उत्कृष्ट डिलरको अवार्डले सम्मानित हुने अबसर पाएका छन् । भेतनाममा सम्पन्न बजाजको एक कार्यक्रममा हंसराज हुलाचशन्द्र एण्ड प्रालिका संञ्चालक शेखर गोल्छाले जिसीलाई नेपालै उत्कृष्ट डिलरको अवार्ड हस्तातरण गरेका थिए । जिल्लाको सदरमुकाम तम्घासमा छोटो समयमै निकै मेहनती तथा लगनशिल युवा जिसी सफल व्यावसायीको रुपमा परिचित मानिन्छन् । नेपालकै उत्कृष्ट डिलरको अवार्डले सम्मानित हुँदा निकै खुसी मिलेको उनले धरातल अनलाईनलाई बताए । उनले यो अवार्डले आफुलाई आगामी दिनमा केहि गर्नु पर्छ सफलता मिल्छ भन्ने गर्व थपिएको बताए । यो अवार्ड प्राप्त गर्नु आफना ग्राहक तथा सम्पूर्णको सहयोग रहेकाले धन्यवाद समेत दिए ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव