सत्तारुढ र विपक्षीबीच कुरा नमिल्दा संसदीय समितिहरुमा नेतृत्व चयन हुन सकेन

 

 

news

काठमाडौं । मिनी संसद्को रुपमा रहने संसदीय समितिहरुमा नेतृत्व चयन हुन नसक्दा समितिहरुले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् । सत्तारुढ र विपक्षी दलबीच कुरा नमिल्दा नेतृत्व चयनको विषय ओझेलमा परेको हो । प्रतिनिधिसभाका विषयत १० र विशेष ३ समितिमध्ये प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिले पनि ४ वटा समितिको नेतृत्व दाबी गरिरहेको छ । तर सत्तारुढ दल कांग्रेसलाई सार्वजनिक लेखा समिति बाहेक अन्यको नेतृत्व दिन तयार देखिएको छैन ।

विपक्षी कांग्रेसले संसदीय समितहरुमा हुने निर्णयलाई प्रभावकारी बनाउन र सबै पक्षले अपनत्व महसुस गर्ने वातावरणका लागि पनि सत्तारुढ भन्दा विपक्षी दललाई समितिको नेतृत्व दिंदा राम्रंो हुने बताइरहेको छ । समितिको नेतृत्वमा कुरा नमिलेका कारण नै लामो समयसम्म समितिमा बस्ने सदस्यको नाम समेत नदिएको कांग्रेसले केही दिनअघि नाम दिएपछि अहिले सबै  समिति गठन भइसकेका छन् । ज्येष्ठ सदस्यको अध्यक्षतामा समितिहरुको बैठक बस्न सुरु भइसकेको छ । तर एजेण्डा स्थापित हुने गरी भने बैठकहरु बस्न सकेका छैनन् । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडु पोजिसन बनाउने ढंगबाट भन्दा पनि सहमतिबाटै समितिको नेतृत्व चयन हुनेमा आफूहरु आशावादी रहेको बताउँछन् । सत्तारुढ दल पनि संसदीय समितिको नेतृत्व सकभर सहमतिबाटै गर्ने पक्षमा छ । हरेक विषयमा विपक्षीलाई चिढ्याउँदै जाँदा त्यसले थप समस्या निम्त्याउने भन्दै सत्तारुढ दल सहमतिबाटै नेतृत्व चयनको विषय टुंगो लगाउन तयार रहेको नेपाल कम्युनिष्ट पार्टीका सांसद पम्फा भुषाल बताउँछिन् । समानुपातिक र समावेशीतासमेत झल्कने र विपक्षीलाई समेत सन्तुष्ट बनाएर समितिको नेतृत्व चयनको जिम्मा अध्यक्षद्वयलाई दिएको उनी बताउँछिन् । संसदीय समितिहरुको नेतृत्व चयनमा ढिलाइ हुँदा समितिहरुले खास एजेन्डामा छलफल गर्न सकेका छैनन् । समितिहरुले तत्काल सहमतिबाटै सरकारलाई निर्देशित गर्न सक्ने नेतृत्व चयन गरेमा सरकारले गर्ने कतिपय बहकाउका निर्णयमा लगाम लगाउन सहज हुने अपेक्षा सांसदहरुको छ ।

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको