नेपाल कर्मचारी परिषद् गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


साउन २५ गुल्मी
नेपाल कर्मचारी परिषद् जिल्ला कार्य समिति गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । नेपाल कर्मचारी परिषद् जिल्ला कार्य समिति गुल्मीको आयोजनामा जिल्लाको बालमन्दिरमा भएको कार्यक्रममा राज्यले सामुदायिक विद्यालय कर्मचारीहरुका लागि प्रदान गर्ने सेवा सुविधामा विभेद् गरेको भन्दै जिल्लास्थित सरोकारवालाहरुसँग अन्र्तक्रिया कार्यक्रम गरिएको हो । 
कर्मचारीहरुले आफ्ना मागहरु सम्बोधन गर्न दबाब दिनका लागि विभिन्न सङर्घषका कार्यक्रमहरु समेत अगाडि बढाउने बताएका छन् ।  २५ गते ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालय तथा शिक्षा विकास समन्वय इकाईको कार्यलयमा ज्ञापनपत्र पेश गर्ने, ३० गते ७ सय ५३ वटै स्थानीय तहमा अन्र्तक्रियाको आयोजना गरी आफ्नो मागबारे जानकारी गराउने,भदौँ ३ र ४ गते देशैभरीका सामुदायिक विद्यालय बन्द गर्ने र भाद्र ७ गते काठमाडौँमा शान्तीपुर्ण प्रर्दशन गर्ने लगायतका विभिन्न कार्यक्रमहरु तय गरेका छन् ।
सराकारले आफ्ना मागहरुप्रति सुनुवाई कडा सङर्षमा जाने समेत चेतावनी दिईएको छ । ‘राज्यको दायित्व सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत स्वामित्व’ विषयक अन्र्तक्रियामा शिक्षा विकास तथा समन्व्य इकाई प्रमुख थानेश्वर घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपाका जिल्ला सचिवलाय सदस्य हिरा ए.सी,नेपाली कांग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ,नेपाल शिक्षक महासंघ गुल्मीका उपाध्यक्ष जनक कंडेल,नेपाल शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेमनारायण भण्डारी,नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका गिरी प्रसाद महत्रा,नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रिय कार्य समिति उपमहासचिव लोकनाथ पाण्डे‘प्रकाश’,नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रिय कार्य समिति सदस्य प्रेम बहादुर खत्री,महेन्द्र नमुना माध्यामिक विद्यालयका प्रार्चाय केशर बहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।  नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीका अध्यक्ष शालिकराम पन्थीको अध्यक्षता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन श्यामलाल कुँवरले गर्नुभएको थियो । 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव