आज बेलुकादेखि ठूलो पानी पर्ने माैसमविदकाे अनुमान

unn.prixa.net

काठमाडौं – आज बेलुकीदेखि ठूवो वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् । नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा केही तल झरेपछि बुधबार र बिहीबार थोरै मात्रामा वर्षा भएको थियो । 

शुक्रबार त्यो रेखा फेरि नेपाल नजिकै पुग्ने भएकाले बेलुकीदेखि ठूलो पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यसकै प्रभावले अहिले देशभरी कै मौसम बदली भई केहि ठाउँमा पानी परिरहेको छ ।

आज देशभरीकै मौसम सामान्यतया बदली भइ धेरै ठाउँमा पानी पर्ने अनुमान छ । पश्चिमको एकदुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने उहाँले बताउनुभयो । आइतबारसम्मै केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेकाले सावधानी अपनाउन मौसमविद् श्रेष्ठले आग्रह गर्नुभयो ।

अबको तीन दिन देशभरी नै पानी पर्दा धेरै नदीमा बाढीको जोखिम छ । साना ठूला सबै नदीमा बाढी आउन सक्ने भन्दै नदी आसपासका बासिन्दालाई सावधानी तथा पूर्व तयारी गर्न बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ । उज्यालोबाट साभार

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको