धनुषामा लुटेराले गोली चलाउँदा एकजना घाइते

unn.prixa.net

धनुषा – लुटेराको गोली लागेर एकजना घाइते भएका छन् । मिथिला नगरपालिका ८ जम्मुनिवास चोकका ३८ वर्षीय पुष्पलाल श्रेष्ठ लुटेराको गोली लागेर घाइते हुनुभएको हो ।

राति आएका लुटेराले घरको साढे ६ तोला सुन, १५ तोला चाँदी र साढे २ लाख ५० नगद लिएपछि प्रतिकार गर्न खोज्दा लुटेराले गोली चलाएकोे प्रहरीले जनाएको छ । 

उहाँको कम्मरमुनि दुईवटा गोली लागेको छ । जनकपुर अञ्चल अस्पातलमा उपचार हुन नसकेपछि श्रेष्ठलाई थप उपचारको लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइदैछ । लुटेराको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

लुटपाटको क्रममा श्रेष्ठका परिवारमाथि लुटेराले कुटपीट समेत गरेको वडा नं. ८ का वडाध्यक्ष देवनारायण महतोले बताउनुभयो । उहाँका अनुसार राति १२ बजे नै लुटेरा घरमा प्रवेश गरेपछि प्रहरीलाई खबर गरिएकाे थियो ।   उज्यालोबाट साभार

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको