प्रदेश पाँच : बजेट अधिवेशन सकियो

 

unn.prixa.net

रुपन्देही - प्रदेश नम्बर पाँचको दोश्रो अधिवेशन अन्त्य भएको छ । वैशाख ३१ गते सुरु भएको अधिवेशनमा २८ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले बताएको छ । प्रदेश मन्त्रीपरिषदको बुधबार बसेको बैठकले बिहीबार रातीदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

अधिवेशनले १५ विधेयक पारित गरेको छ । तीमध्ये १४ विधेयक प्रदेश प्रमुख उमाकान्त झाले प्रमाणित गरिसक्नु भएको छ । पहिलो अधिवेशनमा ८ वटा र दोश्रो अधिवेशनमा दर्ता भएका ७ विधेयक दोश्रो अधिवेशनले पारित गरेको हो । यो अधिवेशनले आर्थिक वर्ष २०७५।०७६ को बजेट पारित गरेको छ भने स्थानीय तहका जनप्रतिनिधिहरुले पाउने सेवा सुबिधा सम्वन्धी विधेयक पनि पारित गरेको छ ।

अधिवेशनले प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न अधिकार सम्पन्न बिशेष समिति बनाएको छ । जसले ३ महिनाभित्र प्रदेशको स्थायी राजधानी र नाम जुराएर सिफारिस गर्नेछ । अधिवेशनले सहमतिको आधारमा ६ वटा विषयगत समिति पनि बनाएको छ । एउटा विशेषाधिकार समिति पनि बनेको छ ।  उज्यालोबाट साभार

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको