असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ ||

म्याग्दी, असार ३१ – म्याग्दीमा अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा हअहिलेसम्म ८० प्रतिशत रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । यसवर्ष मनसुन ढिलो सुरु हुनु, पर्याप्त पानी नपर्नु, सिचाईंको सुविधा नहुनु, मकै खेती गरिनु, पानीका मुलहरु नफुट्नुलगायतका कारणले रोपाइँमा ढिलाई हुन गएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । उहाँका अनुसार जिल्लाको कुल खेती योग्य जमिन ३० हजार ८५६ हेक्टरमध्ये १९ हजार ४९८ हेक्टरमा मात्रै खेती गर्ने गरिएको छ । 
म्याग्दीमा ३ हजार ८९५ हेक्टरमा धानखेती हुँदै आएको छ भने बाँकी १५ हजार ६०३ हेक्टर पाखो तथा बारी रहेको उहाँले बताउनुभएको छ । प्रति हेक्टर ३ दशमलव ३ मेट्रिक टन उत्पादकत्व रहेकोमा गतवर्ष १२ हजार ९३७ मेट्रिक टन धान उत्पादन भएको अधिकृत रिजालले जानकारी दिनुभयो । जिल्लाको केही स्थानमा भने जेठ महिनामै धान रोप्ने गरिन्छ । 
कुल खेतीयोग्य जमिनमध्ये २१ प्रतिशतमा मात्रै सिचाईं सुविधा पुगेको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ«े–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिएको छ । विकासे धान खेतीतर्फ भने कृषकहरुले चासो देखाएका छैनन् ।  
नदी किनारका फाँटहरुमा बढी धानखेती लगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिन्छ । पछिल्लो समय जिल्लाको सिमित ठाउँमा सुख्खा धान १, २, ३ नामक जातको धानखेती समेत गर्ने गरिएको कार्यालयले बताएको छ । 
म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायतका क्षेत्रहरुमा धानखेती हुँदै आएको छ । ती क्षेत्रहरु धान खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । हिमाली तथा विकट क्षेत्र गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धानखेती हुन नसकेको जनाइएको छ । 
कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धानखेती हुन सकिरहेको छैन । धानलाई मुख्यबाली मानिए तापनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि विकास कार्यालयको भनाई रहेको छ ।

गुल्मीको मालिकागाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो निर्णय यस्तो छ

गुल्मी असार १९ गुल्मीको मालिका गाउँपालिकामा नवनिर्वाचित प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । मालिका

असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ ||

म्याग्दी, असार ३१ – म्याग्दीमा अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा

जिल्ला वन कार्यालयद्धारा गुल्मीको पहिलो रेडियो रेसुङ्गा सम्मानित |

गुल्मी असार ३०     वन कार्यालय गुल्मीले गुल्मीका ७ वटा सञ्चारमा संस्थालाई पुरस्कृत गरेको छ । जिल्लामा रहेको पत्रकार महासंघ संहित ५ वटा एफ एम र

आज साउने संक्रान्ति पर्व , गुल्मीको रेसुङगामा आज देखी एक महिने साउने मेला सुरु ||

श्रावण १ गुल्मी  ।  आज साउने संक्रान्ति पर्व । साउने संक्रान्तिदेखि सूर्य कर्कट रेखामा सर्ने भएकाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कर्कट