आज देखि गुल्मीको तम्घासमा खुल्ला व्याडमिन्टन प्रतियोगिता सुरु

साउन २४ गुल्मी

आज देखि गुल्मीमा खुल्ला व्याडमिन्टन प्रतियोगिता सुरु  भएको छ । गुल्मीमा रहेको बिरभद्र जंग गुल्मका गुल्मपती सेनानी जमनत कार्कीका स्वार्गिय पिता डम्मरबहादुर कार्कीको सम्झनामा डम्मर स्मृति जिल्ला स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता सञ्चालन  भएको हो । जिल्लाको सदरमुकाम तम्घास स्थित व्याडमिन्टन कभर्ड हल र फिल्म हलमा आज साउन २४ गते देखि २६ गते सम्म सञ्चालन हुने प्रतियोगिताको आज एक कार्यक्रमका विच उत्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ प्रमुख आथिथ्यता रहेको कार्यक्रममा मेजर जनमत कार्कि,ब्याडमिन्टन संघ गुल्मीका उपाध्यक्ष ज्ञान बहादुर भलामी, पुर्व अध्यक्ष बालशिंह काउछा खेलकुद विकाश समितिका अध्यक्ष कृष्ण भण्डारी ,सल्लाहाकार शेर बहादुर थापा,गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुषाल लगाएत विभिन्न संघसस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष महेश काउँछाको सभापतीत्व रहेको कार्यक्रमको संचालन पत्रकार महासंग गुल्मीका अध्यक्ष नवराज भुसालले गर्नु भएको थियो ।
 प्रतियोगिताको आयोजकमा गुल्मपती सेनानी कार्की परिवार र नेपाल व्याडमिन्टन गुल्मीको सह आयोजना रहेको छ । भने मिडिया पार्टनरको रुपमा रेडियो रेसुङ्गा रहेको छ । पछिल्लो समयमा नेपालले खेलकुद मार्फत राम्रो प्रस्तुति राख्दै आएको र देशको नामलाई अगाडी ल्याउन सफल रहेकाले यस जिल्लामा पनि त्यस्ता प्रतिभा निकाल्नको लागि बिभिन्न समयमा खेलहरु आयोजना गर्ने कार्कीले बतानुभएको छ । खेल खेल्नु स्वास्थ्यको निम्ती र राष्ट्रको निम्ती पनि फाइदा रहेकाले मुख्य गरि‘खेल खेल्नु पर्छ’भन्ने भावनाको बिकास गर्नु मुख्य उद्देश्य रहेको कार्कीले बताए । प्रतियोगितामा करिब ७० भन्दा बढी प्रतियोगीहरुको सहभागीता रहने बताइएको छ ।
 

कप्तान सन्दिपको किफायती बलिङ, सिंगापुरद्वारा ७४ रनको लक्ष्य ||

काठमाडौं ।  आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई जितका लागि ७४ रनको सामान्य लक्ष्य

नेपालको विजय सुरुआत, सिंगापुर ४ विकेटले पराजित ||

काठमाडौं ।  नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसियन क्षेत्रको छनोटमा विजय सुरुआत गरेको छ । सोमबार भएको पहिलो

यु–१९ क्रिकेट : नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य

साउन ६ – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भइरहेको

नेपाल एसिया कपमा छानियो, मलेसिया १० विकेटले पराजित

काठमाडौं, भदौ ३१ । एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले मलेसियालाई १० विकेटले पराजित