फेडेररले जिते कीर्तिमानी आठौं पटक विम्बल्डन टेनिसको उपाधि ||

काठमाडौं । स्विजरल्याण्डका टेनिस स्टार रोजर फेडेररले कीर्तिमानी आठौं पटक विम्बल्डन टेनिसको पुरुष एकलतर्फको उपाधि जितेका छन् । शनिबार भएको फाइनलमा क्रोएसियाका मारिन शिलीचलाई ३ – ० को सेटमा पराजित गर्दै फेडेररले कीर्तिमानी पटक उपाधि जितेका हुन् ।
लण्डनस्थित सेन्टर कोर्टमा भएको फाइनलमा तेस्रो वरियताका फेडेररले शिलीचमाथि ६–३, ६ – १ र ६–४  को सेटमा पराजित गरे । ३५ बर्षिय फेडेररले ११ औ पटक विम्बल्डन टेनिसको फाइनल प्रवेश गर्दा आठौं पटक उपाधि जितेका हुन् । पछिल्लो पटक फेडेररले सन् २०१२ मा सबैभन्दा पुरानो ग्राण्डस्लामको रुपमा परिचित विम्बल्डनको उपाधि जितेका थिए ।
योसंगै फेडेररले आफ्नो करियरमा १९ औं ग्राण्डस्लाम टेनिसको उपाधि जित्न सफल भए । योसँगै फेडेररले अहिलेसम्म सर्वा्धिक बढी ग्राण्डस्लाम टेनिसको उपाधि जित्ने किर्तिमान समेत बनाए । फेडेररले आफ्नै नाममा रहेको १८ औ पटक ग्राण्डस्लाम टेनिसको उपाधि जित्ने किर्तिमान भंग गरेका हुन् ।
विम्बल्डन टेनिसको सेमिफाइनलमा फेडेररले चेक रिपब्लिकका टोमस बर्डिचलाई पराजित गरेका थिए । यस्तै शिलीचले अमेरिकन स्याम क्वेरेलाई पराजित गरेका थिए । महिलातर्फको उपाधि भने स्पेनकी गार्विन मुगुरुजाले जितेकी छिन् ।

आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट : सिंगापुरविरुद्ध बलिङ गर्दै नेपाल ||

काठमाडौं ।  आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको पहिलो खेलमा नेपालले अहिले घरेलु टोलि सिंगापुरसँग प्रतिस्पर्धा

कप्तान सन्दिपको किफायती बलिङ, सिंगापुरद्वारा ७४ रनको लक्ष्य ||

काठमाडौं ।  आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई जितका लागि ७४ रनको सामान्य लक्ष्य

नेपालको विजय सुरुआत, सिंगापुर ४ विकेटले पराजित ||

काठमाडौं ।  नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसियन क्षेत्रको छनोटमा विजय सुरुआत गरेको छ । सोमबार भएको पहिलो

एएफसी यू–२३ च्याम्पियनसिप छनोट : नेपालले आज उज्बेकिस्तानको सामना गर्दै ||

काठमाडौं । एएफसी यू–२३ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा आज नेपालले बलियो टोली उज्बेकिस्तानको सामना गर्दै छ । पहिलो खेलमा आयोजक युएईसँग पराजित