छिमेकी बृद्धालाई हत्या गरेको अभियोगमा अर्घाखाची छत्रदेव काउलेकी एक महिला पक्राउ ।

साउन २२ 

अर्घाखाँचीमा एक वर्ष अघि घरमा मृत फेला परेकी एक बृद्धाको हत्या भएको खुलेको छ । त्यहाँको प्रहरीले हत्या अभियुक्त एक महिलालाई आईतवार पक्राउ गरी म्याद थप समेत गरेको छ । २०७४ साल असोज ३ गतेका दिन छत्रदेव गाउँपालिका वडा नम्वर ७, साविक भगवती गाविसको काउले की ६४ बर्षिया बृद्धा श्यामकला पाण्डे घर भित्र रक्त्ताम्मे अवस्थामा मृत फेला परेकी थिईन ।

उनलाई छिमेकी महिला ५५ वर्षिया उमा पाण्डेले दाउराले हानेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए । डिएसपी मल्लले भने–‘त्यसको केहि समय अघि ति बृद्धाको घरबाट बग्ने कुलेसो तल अभियुक्त महिलाको घरबाट बग्ने र त्यस विषयमा झगडा भएको हत्याको पहिलो कारण देखिन्छ । त्यस भन्दा अघि ति बृद्धाले उमा पाण्डेका श्रीमान शोभाखर पाण्डेलाई जग्गाको बैना लिएर पछि अर्कैलाई उक्त जग्गा बेचेको रिस पनि देखिन्छ ।’

मल्लले हिजो अदालतमा म्याद थप गरी अनुसन्धान अगाडी बढाएको बताए । हत्याको उक्त दिन ति बृद्धा लडेको स्थानमा रगतको पोखरी थियो । उनले छोडाउँदै गरेका मकै समेत रगतमा डुवेका थिए । अघिल्लो दिन छोराहरु घरमा आई बावुको तिथी गरेर त्यसै दिन विहान बुटवल तर्फ फर्केका थिए । उनि घरमा एक्लै बस्दै आएकी थिईन ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव