राङदी खोलामा पुल नहुदा स्थानीयलाई ओहोरदोहोर गर्न सास्ती

 

कपिल रेग्मी

साउन २३ अर्खवाङग गुल्मी

लगातारको वर्षाका कारण गुल्मीको मालिका गाउँपालिका ४ मा पर्ने राङदी खोला बढेसँगै दैनिक रुपमा ओहोरदोहोर गर्ने स्थानीयलाई सास्ती भएको छ । उक्त खोलामा रहेको काठेपुल तथा साखु केही वर्ष अघिको बाढिले बगाएसँगै त्यस यता वर्षोपिच्छे बर्खाको समयमा खोला बढेसँगै स्थानीयहरुलाई आवतजावत गर्न समस्या गदै आएको छ ।

मालिका गाउँपालिका ४ बाट मालिका गाउँपालिका ३ मा रहेको देविस्थान माध्यामिक विद्यालयमा दैनिक रुपमा अध्ययन् गर्न जाने विद्यार्थीहरुलाई वर्षाका कारण खोला बढेसँगै आवतजावत गर्न समस्या पर्दै आएको विद्यालयका प्रधानध्यापक नारायण प्रसाद अर्यालले बताउनुभयो । स्थानिय सरकारले स्थानीय नागरिको समस्या प्रति कुनै चासो नदिएको गुनासो गरेका छन । त्यस्तै उक्त बाटो हुँदै दैनिक रुपमा ओहोर–दोहोर गर्ने श्रमिकहरुलाई समेत समस्या पदै आएको छ । उक्त खोलामा सालझण्डी ढोरपाटन राजमार्गको पूल निर्माणको लागि सतही माटो परिक्षण गर्ने कार्य केहि महिना अघि सम्पन्न गरेपनि पूल निर्माणको कार्य भने अझै शुरु हुन सकेको छैन् । उक्त खोलामा कुनै पनि वैकल्पिक उपाय नहुँदा समस्या थपिदै गएको छ । भने साना बालबच्चाहरुको लागि जोखीम बढ्दै गएको छ ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव