एक संस्थाद्धारा गुल्मी भाडगाउँकी मृगौला पिडित महिलालाई आर्थीक सहयोग प्रदान


साउन २३ गुल्मी
अमेरिका स्थित गुल्मेलीहरुको परोपकारी संस्था,गुल्मी अमेरिका मोडेल मुभमेन्ट गामले गुल्मीका एक मृगौला पीडित एक महिलालाई आर्थिक सहयोग प्रदान गरेका छन् । उक्त संस्थाका पदाधिकारीहरुले जिल्लाका रेसुंगा नगरपालिका ३ भाडगाउँ निवासी मृगौला पिडित रुमकला घर्ती मगरको उपचारका लागि सहयोग स्वरुप सहयोग प्रदान गरेको बताईएको छ ।
सेवा नै धर्म हो भन्ने भनाईलाई आत्मसात गर्दै संस्थामा सक्रिय सदस्यहरुले रकम संङकलन गरी सहयोग प्रदान गरेका हुन् । जसमा हरिनारायण सापकोटा,गोमा सेन,राजेन्द्र गौतम ,रेशम रायमाझी,अशोक ज्ञवाली,दुर्गा खत्री पौडेल,गोपाल थापा मगर,मन सर्वुजा मगर,लक्ष्मण अर्यालले सहयोग गर्नुभएको हो । यस्तै शारदा कुवँर,प्रतिभा रायमाझी,प्रतिक्षा रायमाझी,भिम पन्त,झविन्द्र खरेल,कृष्ण पन्त,पुरुषोत्तम पन्थी,यम अर्यालले पनि सहयोग गर्नुभएको थियो ।
यस्तै गिता पोख्रेल,र प्रभात भट्टराई लगायतले गरी रु ७४ हजार ७ सय ३६ नेपाल पठाएइको संस्थाका अध्यक्ष हरिनारायण सापकोटाले जानकारी दिनुभएको छ ।  संस्थापक सदस्यहरु सबै अमेरिकामै भएकोले उक्त संस्थाको तर्फबाट त्रैलोक्य प्रताप सेनको उपस्थितिमा शिक्षण अस्पतालमा सो रकम हस्तान्तरण गरिएको बताईएको छ । 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव