नेपालले अाज पहिलाे अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट खेल्दै

१६ साउन । इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा पाएको सफलतासँगै नेपाली टोली आज नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवशीय खेल खेल्दैछ । खेल नेपाली समय अनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा नेपाल र नेदरल्याण्ड्सबीचको खेल शुरुहुने छ ।

उच्च मनोबलका साथ मैदानमा उत्रिन लागेको नेपाली टोलीले यो खेलमा जित हासिल गर्ने लक्ष्य लिएको छ ।
गत आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेका यी दुई टोली संयुक्त विजेता भएका थिए ।

नेपाली टोलीको अबको एउटै मात्र लक्ष्य भनेको अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेटमा आफ्नो बलियो उपस्थीति देखाउनु रहेको छ ।
आइतबारको खेलमा राम्रो लय समातेका कारण एकदिवशीय खेलमा पनि राम्रै प्रदर्शन रहने अपेक्षा गरिएको छ ।
आइतबार भएको खेलमा नेपाल र नेदरल्याण्ड्सले एक–एक खेलमा जित हात पारेपछि संयुक्तरुपमा उपाधि जितेका थिए ।
उक्त दिन नेपाल र नेदरल्याण्डबीच भएको खेल वर्षाका कारण प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको थियो ।

त्यसो त नेपाली टोलीको ब्याटिङभन्दा बलिङ पक्ष निकै नै राम्रो देखिए पनि अहिले ब्याटिङ पनि सुध्रिदै गएको छ । नेपाली टोलीमा रहेका शक्ति गौचन, सन्दीप लामिछाने, बसन्त रेग्मी, करन केसी र सोमपाल कामी उत्कृष्ट बलर हुन् ।

 

कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सुवास खकुरेल, अनिल शाहको काँधमा ब्याटिङको जिम्मेवारी हुने छ ।
नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, करण केसी र सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहित पौडेल, ललितनारायण राजवंशी, अनिलकुमार साह र आरिफ सेख रहेका छन् ।

नेपाली क्रिकेटलाई एकदिवसीय मान्यताको ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण योगदान पु¥याएका कप्तान खड्काले अन्तर्राष्ट्रय क्रिकेट काउन्सिल आईसीसीसँगको अन्तवार्ताका क्रममा नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय खेल्न पाउनु लामो समयको परिश्रम र प्रतीक्षापछि हासिल गरेको सफलताको रुपमा लिएका छन् ।

उनले नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीय खेल नयाँ यात्राको थालनी रहको बताए । उनले यो स्तरको यात्रालाई निरन्तरता दिँदै टेस्टको मान्यता पाउने अबको लक्ष्य रहेको समेत बताए ।

नेपाली क्रिकेट टिमले इंग्ल्यान्डमा ४ अभ्यास खेल खेल्नुका साथै नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो । तर, नेदरल्यान्ड्स नेपालभन्दा बलियो टिम हो । उसको होम ग्राउण्ड भएका कारण केही सजह भने देखिन्छ । दर्शकको समर्थन पनि उत्तिकै रहने भए पनि नेपाली टोलीले पनि उच्च मनोबल बनाएको छ ।

सन् १९८८ मा आईसीसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०१८ मार्चमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।

कप्तान सन्दिपको किफायती बलिङ, सिंगापुरद्वारा ७४ रनको लक्ष्य ||

काठमाडौं ।  आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई जितका लागि ७४ रनको सामान्य लक्ष्य

नेपालको विजय सुरुआत, सिंगापुर ४ विकेटले पराजित ||

काठमाडौं ।  नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसियन क्षेत्रको छनोटमा विजय सुरुआत गरेको छ । सोमबार भएको पहिलो

यु–१९ क्रिकेट : नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य

साउन ६ – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भइरहेको

नेपाल एसिया कपमा छानियो, मलेसिया १० विकेटले पराजित

काठमाडौं, भदौ ३१ । एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले मलेसियालाई १० विकेटले पराजित