नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु...’ युट्युबमा एक करोड पटक हेरियो ||

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु...’ को युट्युबमा एक करोड पटक हेरिएको छ । मे २८ तारिकमा अपलोड गरिएको गीत जुलाई १५ सम्ममा एक करोडपटक हेरिएको हो । ४९ दिनमा यो गीतले एक करोड भ्युअर्स पुर्याएको हो । 

राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा स्वरमा भने उनलाई मेलिना राई र राजन इशानले पनि साथ दिएका छन् । 

गीतका भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत आशिफ शाहले अभिनय गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी गरेको भिडियो निर्देशन अशिम शाहले गरेका छन् । 
गीतमा टिपिकल नेपाली शब्दको प्रयोग गरिएको छ ।

पछिल्लो समय राजनराज शिवाकोटीका गीत लगातार लोकप्रिय हुँदै आएका छन् । युट्युब च्यानलमा पहिलोपटक एक करोड भ्युअर्स पुग्ने गीत सुर्के थैली राजनराजकै गीत हो भने पूर्वपश्चिम रेल पनि राजनराजकै गीत हो । 

सदिक्षाको ‘छोटो छोटो’ सार्वजनिक ||

गायिका तथा गीतकार सदिक्षा सेजुवालको ‘छोटो छोटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा यो गीतको अडियो तथा

‘म यस्तो गीत गाउँछु’को आक्रामक व्यापार, फ्यानको विचमा पल र पूजा ||

लामो समयपछि दर्शकको भीड काठमाण्डौ लगायत देशभरका अधिकांश हलमा देखिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेर्नका लागि

चलचित्रका विषयवस्तु र भ्रम ||

नरेश फुयाँल नेपाली चलचित्र उद्योगलाई लामो समयसम्म एउटै आरोप लाग्यो,हिन्दी सिनेमाको कपी गरेको । दर्शकले हेर्दा पनि त्यस्तो देखिन्थ्यो । बक्स अफिसमा

नर्सिङ र गायनमा सँगसँगै रेणुका ||

काठमाडौं । सङ्गीत सुन्नु, गुनगुनाउनु र कविता लेख्नु, रेणुका बाल्यकालीन दैनिकी हुन् । बाल्यकालदेखि नै प्यासले नर्सिङजस्तो ब्यस्त पेशामा रहँदारहँदै