ad

नर्सिङ र गायनमा सँगसँगै रेणुका ||

काठमाडौं । सङ्गीत सुन्नु, गुनगुनाउनु र कविता लेख्नु, रेणुका बाल्यकालीन दैनिकी हुन् । बाल्यकालदेखि नै प्यासले नर्सिङजस्तो ब्यस्त पेशामा रहँदारहँदै पनि रेणुले सङ्गीतको सङ्गत छाड्न सकिनन् । अन्ततः नर्सिङ पेशालाई थाँती राखेरै रेणुका यतिखेर सङ्गीत अध्ययन, गीत रेकर्डिङ र प्रवद्र्धनमा जुटेकी छिन् । 

पेशाले नर्स तर बाल्यकालीन रुचिले गायिका बन्न पुगेकी रेणुको डान्सिङ प्याटनको क्लव सङ ‘तिम्रो मायामा...’ को भिडियो युट्युवमार्फत् सार्वजनिक भएको छ । गीतलाई डिजेहरुले समेत रुचाएका छन् । 

गीत÷भिडियोमा शब्द/सङ्गीत/स्वर/मोडलिङ समेत रेणुकाको छ । रेणुकालाई गौरवजङ्ग राणाले अभिनयमा साथ दिएका छन् । भिडियो गम्भीर विष्टको निर्देशन, पवन गौतमको छायाङ्कन र नविन निरौलाको सम्पादन रहेको छ । 

विद्यालय र कलेजका स्मारिकाहरुमा फुटकर रचना प्रकाशनसमेत गरेकी गायिका थापाले  कक्षा ६ मा अध्ययन गर्दैदेखि गीत लेख्न थालेकी हुन् । तीन वर्षदेखि संगीत सिक्दै आएकी कोटेश्वरकी थापाका तीन वटा गीत/भिडियो सार्वजनिक छन् । 

गायिका थापा भन्छिन् “जानीनजानी नै कविता लेख्थेँ । गीत कसरी बनाउने हो भन्ने सोच आउँथ्यो । सेवातिर पनि सानैदेखि रुचि थियो, त्यसैले नर्सिङ अध्ययनतिर लागेँ ।”

सदिक्षाको ‘छोटो छोटो’ सार्वजनिक ||

गायिका तथा गीतकार सदिक्षा सेजुवालको ‘छोटो छोटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा यो गीतको अडियो तथा

‘म यस्तो गीत गाउँछु’को आक्रामक व्यापार, फ्यानको विचमा पल र पूजा ||

लामो समयपछि दर्शकको भीड काठमाण्डौ लगायत देशभरका अधिकांश हलमा देखिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेर्नका लागि

चलचित्रका विषयवस्तु र भ्रम ||

नरेश फुयाँल नेपाली चलचित्र उद्योगलाई लामो समयसम्म एउटै आरोप लाग्यो,हिन्दी सिनेमाको कपी गरेको । दर्शकले हेर्दा पनि त्यस्तो देखिन्थ्यो । बक्स अफिसमा

नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु...’ युट्युबमा एक करोड पटक हेरियो ||

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु...’ को युट्युबमा एक करोड पटक हेरिएको छ । मे २८ तारिकमा अपलोड गरिएको गीत जुलाई १५