धाँन रोपाई शुरु


गुल्मी असार १३ 
गुल्मीको मुसीकोट नगरपालिका वडा नं ९ अर्लाङकोट तथा छिमेकी जिल्ला बाग्लुङ्गको गल्कोट नगरपालिकाका विभिन्न फाँटहरुमा अहिले सम्म ५० प्रतिशन रोपाई कार्य सकिएको छ ।  असार महिना लागेसँगै मुसीकोटको दाङसीङ,लामाखेत,पाँणथोक तथा काभ्राचौरको फाँट र बाग्लुङ्गको गल्कोटमा रहेका काडेँबास,रिघा,मल्मका खेतहरुमा अहिलेसम्म करिब ५० प्रतिशत धान रोपाईको कार्य सकिएको सहकर्मी कालिदास खरेलले जानकारी दिनुभयो । तर मनसुन शुरु भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाई गरीएका खेतहरुमा सिचाँईको लागि पानी पु¥याउन समस्या भएको कृषकहरुको भनाई रहेको छ ।  भनेअर्कातर्फ एक्कासी हुने भीषण वर्षाका कारण विभिन्न क्षेत्रहरुमा मोटरबाटो निर्माण गर्दा थुपारिएको माटोलाई बगाएर पानीका मुहानहरुलाई पुर्दा थप समस्या सिर्जना भएको किसानको भनाई रहेको छ । धान रोपाइ गर्न बाँकी रहेको खेतमा मकैबाली रहेकाले करिब १ हप्तापछाडिबाट धान रोपाई शुरु गरीने बताईएको सहकर्मी खरेलले बताउनुभयो ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव