रेसुङगा नगरपालिकाको २०७५७६ को बजेट ४६ करोड ५५ लाख ३४ हजार

असार १० गुल्मी

 रेसुङ्गा नगरपालिका गुल्मीमा  नगरसभा आयोजना गरी आर्थिक वर्ष २०७५÷७६को बजेट तथा निति कार्यक्रम प्रस्तुत गरेको छ ।

नगरपालिकाले यस आर्थिक वर्षको लागि ४६ करोड ५५ लाख ३४ हजार रुपैँया कुल बजेट प्रस्तुत गरिएको थियो । जसमा चालु एवं साधारण खर्चतर्फ ३३ करोड ६२ लाख ११ हजार पुजीँगत एवं विकास बजेट तर्फ १२ करोड ९३ लाख २३ हजार प्रस्तुत गरिएको थियो । बजेट प्रस्तुत गर्दै उप प्रमुख सिता भण्डारीले बजेटमा क्षेत्रगत बजेट अन्र्तगत आर्थिक विकासतर्फ ३८ लाख सामाजिक विकास तर्फ ३ करोड ८० लाख पुर्वाधार विकासतर्फ ६ करोड ७२ लाख ७९ हजार ३ सय १० वातावरण तथा विपत व्यवस्थापन तर्फ ६६ लाख ७५ हजार र संस्थागत तर्फ ६० लाख ३८ हजार ६ सय ९ रहेको बजेट प्रस्तुत गरिएको थियो । यता नगरपालिकाको राजस्वका विभिन्न शिर्षकहरुबाट ८३ लाख ५० हजार अनुमान गरिएको छ । 

निति तथा कार्यक्रम प्रस्तुत गदै नगरप्रमुख डिल्लीराज भुसालले आर्थिक विकास तर्फ कृषिक्षेत्रलाई प्राथमिकता दिने बताउनुभएको थियो । एक उत्पादन एक पकेट क्षेत्र,कार्यक्रम सञ्चालन गर्ने जैविक खेती हरियो तरकारी,एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने,कृषि विकास,पशुविकास,दुग्ध उत्पादन तथा सहकारीकाृ विकास प्रवद्र्धनमा सहयोग पु¥याउने नगरपालिकाभित्र उत्पादन भएर बाहिर निकासी हुने सुन्तला कफी तरकारी,अदुवा बेसार दुध कुखुरा खसी लगायत कृषि तथा पशुजन्य उत्पादनको उपभोग सङकलन प्रशोधन तथा प्रर्वद्धनका लागि लगु तथा साना उद्योग सञ्चालनमा सहयोग गर्ने पर्यटन प्रर्वद्धनमा जोड दिने रेसुङ्गा अर्जुन लगायतका क्षेत्रमा जोड दिने बताउनुभएको थियो ।
       सामाजिक विकासतर्फ विकासको मुलधारमा समावेश हुन नसेकेका दलित जनजाति,महिला एकल महिला हिंसा पिडित बालबालिका अपाङ्ग लगायत पिछडिएको समुदायलाई लक्षित गरी आयआर्जन मूलक तालिम सञ्चालन गर्ने, नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गर्ने,अङग्रेजी माध्यमद्धारा पठनपाठन गर्ने व्यवस्था गर्ने सबैका लागि शिक्षा र सधैका लागि शिक्षा भन्ने मुल नारालाई मूर्त रुप दिन विभिन्न कार्यक्रम सञ्चालन गर्ने,खेलक्षेत्रको विकासको लागि विभिन्न कार्यक्रम अगाडि बढाउने,रेसुङ्गा नगरपालिका क्षेत्रभित्र रहेको तम्घास अस्पताल विकासका लागि बिशेष ध्यान दिनेँ,स्वास्थ्य चौकीको सेवा पुग्न नसकेको स्थानमा स्वासथ्यको पहुँच पु¥याउने,सम्पुर्ण नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन मझेङ लगायत वृह्त खानेपानी योजना सञ्चालन गर्ने,लगायतका विभिन्न कार्यक्रमहरु अगाडि सारिएको छ ।वातावरण तथ विपत व्यवस्थापन,पुर्वाधार विकास,संस्थागत विकास सेवा प्रवाह र सुशासन,लगायतका क्षेत्रमा पनि विभिन्न निति तथा कार्यक्रमहरु अगाडि बढाईएको छ । 
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव