नेपाल जिल्ला स्काउट गुल्मीको आयोजनामा ६७ औँ स्काउट दिवश सदरमुकाम तम्घासमा सम्पन्न


असार ६ गुल्मी
नेपाल स्काउट जिल्ला स्काउट गुल्मीको आयोजनामा ६७ औँ स्काउट दिवश सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा शिक्षा विकास तथा समन्व्य इकाई प्रमुख थानेश्वर घिमिरे,महेन्द्र नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक केशर बहादुर थापा,लगायतका विभिन्न सरकारी कार्यालय,संघसंस्था लगायतका प्रमुख तथा प्रतिनिधिहरुले बौल्दै विद्यार्थीहरुको बहुआयामिक विकासका लागि स्काउटिङको आवश्यकता रहेको बताउनुभएको थियो ।  जिल्ला कार्यक्रम आयुक्त तथा घोर्ले माध्यामिक विद्यालय दुवीचौरका प्रधानाध्यापक बाबुराम मरासीनीको स्वागत मन्तव्य रहेको कार्यक्रममा क्षेत्रिय आयुक्त कृष्ण प्रसाद मरासीनी,जिल्ला संगठन आयुक्त  भिमकुमारी श्रीस लगायतको उपस्थिती रहेको थियो । हरेक वर्षजस्तै यस वर्ष पनि नेपाल स्काउट जिल्ला कार्यालयद्धारा आफु कार्यरत विद्यालयमा उत्कृष्ट गतिविध सञ्चालन गरेबापत प्रदान गरीने सुम्मान्पत्र तम्घासमा रहेको ब्रिलियण्ट युनाईटेड एकाडमीमा कार्यरत स्काउट शिक्षक अर्जुन प्रसाद न्यौपानेलाई प्रदान गरीएको थियो । २ सय ५० बढी स्काउट शिक्षक र स्काउट विद्यार्थी सहभागीता रहेको कार्यक्रममा जिल्ला समन्व्य आयुक्त रामलाल पाण्डेयको सभापत्वि तथा स्काउट शिक्षक विष्णु खरेलको स्ञ्चालन रहेको थियो । दिवशको अवशरमा अहिले साँझ दिपावली तथा क्याम्प फायर समेत गरिएको जिल्ला समन्व्य आयुक्त रामलाल पाण्डेयले जानकारी दिनुभएको छ । 
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव