गुल्मीमा जिल्ला युवा समितिद्धारा युवाहरुलाई ग्राफिक्स डिजाइन तालिम सुरु


असार ६ गुल्मी
गुल्मीमा जिल्ला युवा समितिले युवाहरुलाई ग्राफिक्स डिजाइन तालिम सुरु गरेको छ । जिल्लामा रहेका बेरोजगार युवाहरुलाई तालिम दिएर स्वरोजगार बनाउने उदेश्यले तालिम राखिएको जिल्ला युवा समिति गुल्मीकी नासु सञ्जिवनी आर्यलले बताइन् । समितिले मंगलवार एक कार्यक्रमको आयोजना गरेर २५ जना युवालाई एक महिना सम्मको लागि कम्प्युटर मार्फत बिभिन्न खालका डिजाइन गर्न सक्ने गरि ग्राफिक्स डिजाइन तालिम दिन सुरु गरेको हो । बढ्दो बेरोजगार र युवाहरुको बिदेस प्रतिको मोहलाई निरुत्साहित गरि स्वदेसमै रोजगारको प्रबन्ध गर्न भन्दै एक महिने तालिम सुरु गरिएको अर्यालको भनाई छ । 
बजारमा कम्प्युटर शिक्षा लिए पनि बिभिन्न डिजाइन तथा प्रेसहरुमा काम गर्न सक्ने जनशक्तिको पनि कमी भएकाले तालिम दिएर युवालाई रोजगारिमा ल्याउनु मुख्य उदेश्य रहेको अर्यालले बताइन् ।      तालिमको रेसुङ्गा नगरपालिका गुल्मीका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका थिए ।
तालिमको उद्घाटन गर्दै मेयर भुसालले तालिमले आत्मबल बढाउनुका साथै रोजगारिका अबसरमा पनि सृजना गर्ने भएकाले अनुसाशित भएर सिक्न आग्रह गरे । तालिम योग्यता भएका व्यक्तिलाई खाली बस्न नपर्ने भएकाले तालिम लिएर योग्य ब्यक्ति बन्न आग्रह गरे । मेयर भुसालले घर परिवार र अरुलाई देखान मात्रै तालिम लिएझै गरे आफै ठगिने भएकाले आफनै लागि केहि गर्न सक्ने गरि तालिम लिनुपर्नेमा जोड दिए ।  सिप हुँने मान्छे जहाँ गएपनि काम गरेर खान सक्ने भएकाले अहिलेको समयमा सिप सिक्नु पर्ने जरुरी रहेको बताए । 
कार्यक्रममा जिल्ला युवा समिति अध्यक्ष राजेन्द्र बिक्रम कुँवरले  जिन्दगी बल्नु छ भने सपि सिकेर मात्रै बदल्न सकिने भएकाले युवा परिर्वतनका सम्बाहक रहेकाले अनुशासित सभ्य भएर सिक्न आग्रह गरे ।  कार्यक्रममा, जिल्ला युवा समिति कार्यालय प्रमुख लोकनाथ मरासिनी अनुशासित भएर सिक्न जोड दिए ।सरकारी पैसा भन्दै झारा तिराई हिसाबले तालिमलाई नलिन आग्रह गरे ।  उनले तालिम केहि गरेर खाने बनाउने यु्वाहरुको लासिग ल्याएका हौ प्रमुख मरासिनीले भने युवालाई योग्य ब्क्ति निर्माण गर्न तालिम राखिएको हो । उनले तालिम सिकेर ब्यावहारमा लागु हुँने गरि सिक्नु पर्नेमा जोड दिए । जिल्ला युवा समिति गुल्मीले केहि दिन अघिदेखि १५ जा युवालाई ड्राभिङ्ग तालिम सञ्चालन गरेको छ । 
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव