ad

गुल्मीमा उपभोक्ता जागारण कार्यक्रम सम्पन्न


जेठ ३१ गुल्मी––

गुल्मीमा उपभोक्ता जागारण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्र्यालय गुल्मीको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा उपभोक्ताको हक हितको बारेमा जिल्ला अधिबक्ता बिष्णु बलाललले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै जिल्ला प्रशासन कार्यालय गुल्मीले उपभोक्ताको हितमा गरेका कार्यक्रमहरुको बारेमा प्रशासनका प्रशासकिय अधिकृत रामचन्द्र पन्थीले प्रस्तुत गरेको थिए । कार्यक्रमा अधिबक्ता बलालले उपभोक्ताको हितमा भएका कानुनी अबस्थाहरुसँगै अधिकारहरुको बारेमा जानकारी प्रस्तुत गरेका थिए । उनले नयाँ संबिधान जारी पछी उपभोक्ताका अधिकारहरु बारेमा भएका अधिकार र कनुनी अबस्थाहरुमा पनि जानकारी गराएका थिए ।
 कार्यक्रममा प्रशासकिय अधिकृत पन्थीले जिल्ला प्रशासन कार्यलय गुल्मीले बजारमा उपभोक्ताको क्षेत्रमा भए गरेका प्रगतीहरुको बारेमा कार्यक्रमा  राखेका थिए । उनले बर्तमान अबस्थासँगै आगामी दिनहरुमा गर्नुपर्ने कामहरु समेत प्रस्तुतथ गरेका थिए । कार्यक्रममा नागरिक समाजका पदमप्रसाद पाण्डेयले बजारमा मुल्य बृद्धिसँगै छाडापन भित्रिन थालेको प्रति ध्यान जानुपर्नेमा जोड दिए । उनले पछिल्लो समयमा बजारमा सुस्म तरिकाले निगरानी बढाउनु पर्नेमा जोड दिए । कार्याक्रममा अन्य सहभागिले उपभोक्ताको हितमा सबै सजक भएर उपभोग्य बस्तु बिक्री बितरण हुनुपर्नेमा जोड दिएका थिए । उनिहरुले किन्ने र बेच्ने सबै सजक भएर उपभोक्ता हित अनुरुप चल्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माको अध्यक्षमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित बिभिन्न कार्यालयका प्रमुखहरु, उपभोक्ता अधिकारकर्मी, नागरिक समाज लगायतको सहभागिता रहेको  थियो । 

बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै सनाखत

काठमाण्डाै  – बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा दाङका १८ वर्षीय लक्की पुनमगर,

बागलुङको निसीखोलामा बस दुर्घटना : ९ जनाको ज्यान गयो, २६ जना घाइते

काठमाण्डौ -  बागलुङको निसीखोलामा बस  दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङमा र ५

रेसुंगा भाडगाउँमा जेष्ठ नागरिक सम्मान

मनु सुनार, गुल्मी चैत्र ०५ । गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर–३ भाडगाउँमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।  एक समारोहका बीच वडामा रहनुभएका

गुल्मीमा खुल्ला प्रथम राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता सञ्चालन गरिने 

गुल्मी चैत्र ०५ । गुल्मीको रेसुंगा नगरपालिकाले सञ्चालन गरेको “जाउँ हिड रेसुंगा” भन्ने नाराका साथ जिल्लामै पहिलो पटक खुल्ला प्रथम राष्ट्रिय

ad