जिल्ला बाल क्लब सञ्जाल गुल्मीले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र



गुल्मी जेठ २९ –––

जिल्ला बाल क्लब सञ्जाल गुल्मीले आज अन्र्तराष्ट्रिय बालश्रम विरुद्धको दिवशको अवशरमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा ज्ञापनपत्र बुझाएको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासका विभिन्न होटल,निर्माण कार्य भईरहेका सडक,भवन तथा यातयातका क्षेत्रमा विद्यालय उमेर समुहका बालबालिकाहरुलाई श्रमिकको रुपमा प्रयोग भईरहेको भन्दै उनीहरुलाई श्रममुक्त गराई पढ्न लेख्न पाउने वातावरण सिर्जना गर्नका लागि ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराईएका छन् । साथै विधान अनुसार २ वर्षमा जिल्ला भेला गर्ने पर्ने भएकाले जिल्ला वाल  भेला आयोजनाको वातावरण मिलाईदिन पनि ज्ञापनपत्र मार्फत प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले बालबालिकाहरुलाई श्रमिकको रुपमा प्रयोग गर्ने परीपाटीको अन्त्यका लागी जिल्ला प्रशासन अझ सक्रिय रुपमा लाग्ने बताउनुभएको थियो ।  जिल्ला बाल क्ल सञ्जाल गुल्मीका अध्यक्ष विकास तामाङको नेतृत्वमा नगरभित्र गठित विभिन्न बाल सञ्जालका प्रतिनिधिहरुको टोलीले उक्त ज्ञापनपत्र बुझाएको थियो । 
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव