नगरले बनाएको ट्रार्फिक व्यवस्थापन नियमप्रति,साना व्यवसायीको गुनाँसो


गुल्मी जेठ २९––
रेसुङ्गा नगरपालिकाले ट्रार्फिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यका साथ बनाएको मोटरसाइकल पार्किङ सम्बन्धी नियमका कारण आफ्नो व्यापार व्यवसायमा कमी आएको भन्दै साना व्यवसायीहरुले गुल्मी उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराएका छन् । आज एक कार्यक्रमका बिच साना व्यवासीहरुले समुह बनाई गुल्मी उद्योगा वाणिज्य संघको ध्यानाकर्षण गराएक हुन् । नगरपालिका जिल्ला ट्रापिर्क प्रहरी कार्यालय लगायतको सरोकारवालाहरुले तम्घास बजारमा ट्रार्फिक व्यवस्थापन सहज बनाउने भन्दै मोटरसाइकल निश्चित ठाउँमा पार्किङ गर्नुपर्ने नियम बनाएसँगै बजार क्षेत्रको व्यापार व्यवसायमा समेत कमी आएको उनीहरुको दाबी छ । 
बजारमा किनमेल गर्नको लागि समेत मोटरसाइकल पार्किङ गर्न नपाएपछि तरकारी,लगायत साना फुटकर सामान किन्न पार्किङ स्थलमा मोटरसाइकल राखेर लामो दुरीसम्म पुगेर किनमेल नगर्ने कारण पनि व्यपार व्यवसायमा कमी आएको उनीहरुको ठहर छ । पार्किङ निश्चित ठाउँमा गर्नु राम्रो पक्ष हो । तर पार्किङ स्थलहरु टाढा–टाढा भएको कारणले मोटरसाइकल चालक तथा व्यवसायी सबैलाई मर्का परीरहेको उनीहरुको भनाई छ। 
पार्किङ नै बनाउने भए बजारमा नजिक–नजिक तथा निःशुल्क गर्नको लागि नगरपालिकाले पहल गर्नुपर्ने व्यवसायीको भनाई छ । 
यता सडक अवरुद्ध गर्ने मुख्य बाधक सामान लोड अनलोड गर्ने ट्रक तथा यात्रुखोज्दै बजार चाहार्ने सवारी साधन सडक छेक्ने गरेर फुटपातमा व्यापारीक सामाग्री राख्ने व्यवसायी हुँदाहुँदै नगरपालिकाले मोटरसाइकललाई मात्रै कडाई गरेको उनीहरुको गुनाँसो छ । विभिन्न ठुला व्यापारी जसले सडकनै ढाक्ने गरी व्यस्ता समयमा पनि लोड अनलोड गरीरहेका हुन्छन् । तर त्यसप्रति स्थानीय सरकारले वेवास्ता गरेको साना व्यापारीहरुको गुनाँसो रहेको छ । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले व्यवसायीहरुलाई परेको मर्काप्रति आफु गम्भीर भएको भन्दै यसलाई व्यवस्थीत किसिमबाट अगाडी बढाउन सम्बन्धीत निकायसँग छलफल गरेर अगाडि बढ्ने बताउनुभएको छ ।  ध्यानाकर्षण कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष इश्वरी पौडेल,महासचिव ताराप्रसाद भुषाल लगायतका व्यवसायीहरुको सहभागीता रहेको थियो ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव