५ दिनभित्र देशभर मनसुन सक्रिय हुने, औसत वर्षा हुने प्रक्षेपण

जेठ २७, २०७५


२७ जेठ, काठमाडौं । नेपालमा मनसुन भित्रिइसके पनि देशभर सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ । मौसमविद समीर श्रेष्ठका अनुसार जुन १५ तारिखभित्र मनसुन देशभर सक्रिय हुने बताए ।

जेठ २५ गते अर्थात ८ जुनदेखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा सामान्यतया १० जुनमा प्रवेश गर्ने गर्दछ । तर वर्षको मनसुन दुई दिनअघि नै शुरू भएको छ ।

 

मौसमविद श्रेष्ठले अनलाइनखबरसँग भने, ‘मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा छ । मनसुन सुरु भएको एक साताभित्र देशभर सक्रिय हुन्छ ।’

मनसुनमा सामान्य वर्षा हुने अनुमान

नेपालमा साधारणतया जुन महिनादेखि सेप्टेम्बर महिनासम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ ।

यस वर्षको मनसुनमा नेपालको अधिकांश भूभागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको मौसमविद श्रेष्ठले बताए । सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको करिब ३० वर्षको अवधिमा भएको औसत वर्षालाई बुझिन्छ ।

सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ । सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्युन वा अधिक वर्षा भएको मानिन्छ ।

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको