बालबालिकालाई प्रशिक्षण
गुल्मी २०७५ जेठ २६–––
सिर्जनशिल सामुदायिक विकास केन्द्र तम्घास गुल्मीको आयोजनामा रेसुङ्गा नगरपालिका भित्र विभिन्न विद्यालयहरुमा गठित बाल क्लका प्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बञ्चितिकरणमा पारिएका समुदायको मानव अधिकार पर्वद्धन गर्ने कार्यक्रम अन्र्तगत नगरभित्र रहेका विभिन्न बाल क्लबका प्रतिनिधिहरुलाई बालबालिकाको हक अधिकारका विषयमा जानकारी गराईएको तालिम प्रशिक्षक तथा जिल्ला मानव अधिकिार अधिकृत गणेश श्रेष्ठले जानकारी दिनुभएको छ । पवित्रा पाण्डेयको सभापत्वि रहेको कार्यक्रममा जिल्ला बालकल्याण समितिका सदस्य गणेश विश्वकर्मा लगायतको पनि आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन विकास तामाङले गर्नुभएको थियो ।