निर्माणधिन रेसुङ्गा विमानस्थलमा फल परिक्षण उडान,


गुल्मी २०७५  जेठ २५  –––
गुल्मीको रेसुङ्गा विमानस्थलमा पहिलो पटक तारा एयरले सफल अबतरण गरेको छ । तारा एअरको विमानले परिक्षण उडान भरेको हो । बिहान १० बजे पोखराबाट उड्ने भनिएपनी मौसम प्रतिकुलताका कारण बिमान ढिलोगरी उडेर रेसुङ्गा बिमानस्थलमा ढिलो गरी अवतरण गरेको हो । प्रदेश नम्बर ५ अन्तर्गतको पहाडी क्षेत्रलाई हवाई सेवाबाट जोड्ने उद्देश्य अनुरुप निर्माण भएको रेसुङ्गा विमानस्थलमा परिक्षण उडानको अवलोकन गर्न पररास्ट्र मन्त्री प्रदिप ज्ञवाली बिहान हेलिकप्टर मार्फत गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका १० सिमिचौरमा आउनुभएको थिए । 
प्ररिक्षण उडानको शुभारम्भ गदै परराष्ट्रमन्त्रि प्रदिप कुमार ज्ञवालीले परिक्षण उडान् सफल भएको यो विमानस्थल उडानको लागि उपयुक्त भएको हुँदा नियमित रुपमा व्यवसायीक तरिकाबाट विमान उडानका लागि आफुले पहल गर्ने र धेरै सम्भावंना बोकेको गुल्मी जिल्लाको विकासको लागि हवाई सेवा सँगै यो विमान स्थलले महत्वपुर्ण योगदान गर्ने बताउनुभएको थियो । 
साथसाथै गुल्मीको विकासको लागि राष्ट्रिय राजमार्गसँग जोड्ने लगायतका थुप्रै विकासका कार्यहरु समेत अगाडि बढेको बताउनुभएको छ ।
विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तको अध्यक्षता रहेको कार्यक्रममा राजनैतिक दलको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ,स्थानीय तहको तर्फबाट जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुली,नेपाल नागरीक उड्डायन प्राधिकरणका निर्देश सन्जिव गौतम,रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल,लगायतले मन्तव्य राख्नुभएको थियो । 
नागरीक उड्यन प्रधिकरणका निर्देश सन्जिव गौतमले विमानस्थलमा भौतीक संरचनाहरु निर्माण स्तोन्नती गर्न तथा नियमित उडानको लागि आफुले सहयोग गर्ने बताउनुभएको थियो । 
निर्माण समितिका अध्यक्ष मधुकष्ण पन्तले हालसम्म गरेका काम तथा हालसम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन अशोक थापाले गर्नुभएको थियो । परिक्षण उडानको क्रममा तारा एयरका क्याप्टेन सन्तोष शाह,प्रभाकर प्रसाद घिमिरे,क्या.डि.आर निरौला,नारायण गिरी,पोखरा विमानस्थलका प्रबन्र्ध निर्देशक भोला प्रसाद गुरागाईँ,तारा एयरका मेनेजर राम लामीछानेलगायतको उपस्थिति रहेको थियो । निर्माण समितिका अध्यक्ष लगायतको टोलीले फुलमाला सहित स्वगत तथा धन्यावद ज्ञापन गरेका थिए । 

त्येसोत सदरमुकाम तम्घास नजिकै विमानस्थलमा परिक्षण उडान सफल भएपछि स्थानीय हर्षित भएका छन् । यो विमानस्थलमा दैनिक उडान भएमा गुल्मी, अर्घाखाची भित्रिने मानिसहरुलाई सजिलो हुनेछ । विमानस्थले गुल्मीको पर्यटन लगायत अन्य क्षेत्रको विकासमा फड्को मार्ने देखिन्छ । विमानस्थल निर्माणको काम चुस्त रुपमा अगाडि बढ्न नसक्दा निरास बनिरहेका गुल्मेलीहरु तारा एयरको जहाजले परीक्षण उडान गरेपछि भने थप आशा पलाएको छ । जिल्लाकै विमानस्थलमा पहिलोपल्ट जहाज ओर्लिएपछि गुल्मीका सर्वसाधरण रेसुङ्गा विमानस्थलमा जहाज हेर्न ओइरिएका थिए । विमानस्थलको परीक्षण उडान सफल भएपछि स्थानीयले एक–अर्कामा खुशी साटासाट गरेका छन् ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव