नगरपालिकास्तरीय माटो परिक्षण रेसुङ्गा नगरपालिका ११ राङबासमा


२३ जेठ २०७५ गुल्मी,–––

रेसुङ्गा नगरपालिका वडा नं ११ राङबास गुल्मीमा आज नगरपालिका स्तरीय माटो परिक्षणको उद्घाटन शत्रको कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिाराम अर्याल,वडा नं १० का वडा अध्यक्ष पदम प्रसाद अर्याल लगायतको आतिथ्यता रहेको थियो ।  वडा नं ११ का वडा अध्यक्ष खुम बहादुर खत्रीको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन रेसुङ्गा नगरपालिका कृषि विकास शाखाका प्रमुख चेतनारायण पन्थीले गर्नुभएको थियो ।  उक्त माटो परिक्षण शिविर सञ्चालन गर्नका लागि क्षेत्रिय माटो प्रयोगशाला पोखराबाट २ जना प्राविधिकहहरुको उपस्थितीमा माटो नमुना जाँच गरी,माटो भएको पि.एमको मात्र कुन अवस्थामा छ,नाइट्रोजन,फस्फोरसर पोटासियमको मात्रा कुन अवस्थामा छ भनी जानकारी गराईएको थियो । उक्त माटो परिक्षणमा नगरपालिकाका प्रत्येक वडाहरुबाट करिब २ सय ३१ जना कृषकहरुको उपस्थिति रहेको थियो । कृषकहरुले आफ्नो खेतबारीमा भएको माटो परिक्षण गर्न ल्याएका थिए । 
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव