पेट्रोलिय पदार्थ तथा दैनिक उपभोग्य वस्तुमा सरकारले मुल्य वृद्धि गरेको भन्दै नेविसघं गुल्मीले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना 



२३ जेठ २०७५ गुल्मी,–––

पेट्रोलिय पदार्थ तथा दैनिक उपभोग्य वस्तुमा सरकारले मुल्य वृद्धि गरेको भन्दै नेपाली विद्यार्थी संघ गुल्मीले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।  स्थायी शान्ति,भष्ट्रचारको अन्त्य र हरेक वस्तुको मुल्यमा स्थिरता आउने आशमा रहेका जनताहरुको चाहना माथी सरकारले खेलवाड गरेको पनि विद्यार्थी संघले जनाएको छ । जनताको हित विपरित गरिएको मुल्य बृद्धिले विद्यार्थीहरु समेत मुल्य यसको चपेटामा परेको भन्दै शान्तीपुर्ण रुपमा धर्ना दिईएको नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवाहक अध्यक्ष झविन्द्र पाण्डेयले जानकारी दिनुभयो । अध्यक्ष पाण्डेयले भन्नुभयो हिजो हामीले ज्ञापनपत्र बुझायौँ,आज धर्ना दिएका छौँ यदि सरकारले समयमै मुल्य वृद्धि फिर्ता नगरे थप आन्दोलनका कार्यक्रम ल्याउन नेविसंघ बाध्यँ हुने पनि बताउनुभएको छ ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव