विश्व वातावरण दिवश गुल्मीमा विभिन्न कार्यक्रम गरी मनाईयो


२०७५ जेठ २२ –––
आज विश्व वातावरण दिवशको अवशरमा गुल्मीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामाहरुमा विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईएको हो । यस्तै धुर्कोट गाउँपालिकाले दिवशको अवशरमा गाउँपालिकामा सम्पुर्ण वडाहरुमा गरी १ सय ४१ पोखरी निर्माण तथा मर्मत गरको गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले बताउनुभयो । वातावरणीय पर्यावरणलाई जोगाउने उद्देश्यका साथ वडा नं १ मा २० वटा, वडा २ मा १६ वटा, वडा ३ मा २० वटा पोखरी निर्माणसँगै मर्मत गरिएको हो । यस्तै वडा नं ४ मा २० वटा ,वडा नं ५मा १२ वटा,वडा नं ६ मा १७ वटा तथा वडा नं ७ मा ३६ वटा पोखरी निर्माण गरिएको खत्रीले बताउनुभएको छ । यसरी निर्माण गरीएका पोखरीहरुको अनुगमन गदै गाउँपालिका प्रमुख भुपाल पोखरेलले वातावरणीय सन्तुलनलाई कायम राख्न सके मात्र मानव जीवनको अस्तीत्व रहने बताउनुभएको थियो । उक्त कार्यमा स्थानीयतहका जनप्रतिनिधि,गाउँपालिकाक कर्मचारी,शिक्षक,विद्यार्थी,स्थानीय लगायतको उल्लेखीनीय रुपमा सहभागीता रहेको ददिराम खनालले जानकारी दिनुभयो । दिवशको अवशरमा सदरमुकाम तम्घास सँगै विभिन्न गाउँपालिकामा रहेका विभिन्न विद्यालयहरुले पनि विविध कार्यक्रम गरी वातावरण दिवश मनाएका छन् । रेसुङ्गा नगरपालिका वडा नं ५ भुवनपानीमा रहेको जनसहयोग माध्यामिक विद्यालयमा पनि ‘वातावरण संरक्षणमा विद्यार्थीको भुमिका विषयक’अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । भने विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सलर्कलको आयोजनामा विद्यालयमा सरसफाई कार्यक्रम गरिएको छ । यस्तै दिपक माध्यामिक विद्यालय मदाने गाउँपालिका ७ गुल्मीमा पनि सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शिक्षक तथा विद्यार्थीहरुको सक्रिय सहभागीतामा ८ समुहमा विभाजन गरी विद्यालय हाताभित्र सरफाई गरिएको हो । साथै पलास्टकी जस्ता नकुहीने र कुहीने फोहोरलाई छुट्टाछुट्टै रुपमा व्यवस्थापन गरी सरसफाई गरिएको विद्यार्थी सुमन पन्थीले जानकारी दिनुभएको छ । यस्तै
‘एक राष्ट्र सेवक एक फलफुलको बिरुवा’ भन्ने अभियान अन्र्तगत जिल्ला बन कार्यालय गुल्मीको सहकार्य र शसस्त्र प्रहरी वल गुल्मी गुल्मीको आयोजनामा बृक्षारोपण गरिएको छ । 
दिवसका अबसरमा शसस्त्र प्रहरी वल गुल्मको कार्यालय रहेको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ स्थित उर्लेनीमा कार्यालय परिसरमा बिभिन्न जातका बिरुवाहरु रोपण गरिएको शसस्त्र प्रहरी वल गुल्मका गुल्मीपति प्रहरी नायव उपरिक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिए । कार्यालय परिसरमा सुन्तल, कागती,कफी,जापानिज कटुस, मौसम लगायतका १ सय ५० वटा बिरुवा रोपिएको प्रहरी नायव उपरिक्षक सिग्देलले जानकारी दिए ।  
बृक्षारोपण कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा, बिरभद्रजंग गुल्मका उपसेनानी जिल्ला प्रशासनका प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेय,प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरी लगायतले बृक्षा रोपण गरेका थिए । बृक्षा रोपण पश्चात कार्यक्रममा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले बातावरणीय संरक्षणको लागि बृक्षा रोपण अत्यबश्यक रहेको बताए ।
उनले बातावरण स्वच्छ राख्न सबैले आ–आफनो ठाउँबाट सहयोग गरे सुन्दर स्वच्छ बातावरण राख्न सकिने बताए । मानवको बस्ती बिकाससँगै बिभिन्न कारणले बातावरणीय क्षेत्रमा असर पर्दै जान थालेकाले संरक्षणमा सबैको ध्यान पु्ग्न जरुरी रहेको बताए । 
बातावरण स्वच्छ सुन्दर रहे हामी रहने हुँदा आफनो भन्दा पनि हाम्रो लागि बातावरण जोगाउनु यसलाई संरक्षण गर्नु आबश्यक रहेका प्रजिअ शर्माको भनाई छ । पछिल्लो समयमा बिकास र बिभिन्न कारणबाट बातावरणमा असर पर्दै जान थालेकाले यसलाई जोगाई राख्न सबैले ध्यान दिनुपर्ने शर्माको जोड थियो । पछिल्लो समयमा केहि सुमुदायिक प्रयासबाट मात्रै बातावरणी क्षेत्रको संरक्षणमा मात्रै ध्यान गएको उनको भनाई थियो ।  
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव