पेट्रोलिय पदार्थको मूल्य वृद्धि फिर्ता गर्न नेविसघं गुल्मीको सरकारसँग माग



गुल्मी २०७५ जेठ २२ ÷
सरकारले पटक पटक पेट्रोलिय पदार्थ र दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीले मंगलबार जिल्ला प्रशासन कार्यालय तम्घासमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलिलाई ज्ञापनपत्र बुझाएका छन । प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा तिमिल्सिनालाई ज्ञापन पत्र बुभाउँदै नेपाल विद्यार्थी संघ गुल्मीका का.वा. सभापति झविन्द्र पाण्डेयले सरकारले गैर जिम्मेवारी ढङ्गले गरेको मूल्यवृद्धि तत्कालै फिर्ता गर्न माग गरेको बताउनुभयो । ज्ञापनपत्रमा समृद्ध नपालको नारा दिएर उदाएको केपि ओली नेतृत्वको कम्यूनिष्ट सरकार यतिबेला जनविरोधी काम गर्नमा व्यस्त भएको उल्लेख गर्दै, नेपालको राष्ट्रियता नै कमजोर बनाउने चलखेलमा सक्रिय हुँदै गएको र जनताको दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पर्दाथ र दैनिक उपभोग्य बस्तुमा मूल्यवृद्धि गरेर नेपाली जनताको ईच्छा र चाहना माथि खेलवाड गरेको उल्लेख गरिएको छ । साथै आफ््ना मागहरु तत्कालै पुरा नभए कडा आन्दोलन्मा उत्रने चेतावनी समेत दिईएको नेपाल विद्यार्थी संघका कार्यवाहक जिल्ला अध्यक्ष झविन्द्र पाण्डेयद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव