आज विश्व वातावरण दिवस मनाइँदै

 

  जेठ २२, २०७५

 

unn.prixa.net

काठमाडौं – मान्छेलाई प्रकृतिसँग नजिक पार भन्ने नाराका साथ विश्व वातावरण दिवस मङ्गलबार मनाइँदैछ । दिवसका अवसरमा सरकार तथा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले  विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।

संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । 

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन  ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्सेनि मनाउन थालिएको हो ।

यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिकासाथ अग्रसर हुँदा र आफूलाई वातावरण दिवस मनाउन पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभएको छ । 

उहाँले वातावरण दिवसका अवसरमा वातावरणीय क्षेत्रमा सहयोग पुर्याउने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सरकारले विश्व वातावरण दिवसका अवसरमा मङ्गलबार नेपाल स्वच्छ वातावरण महाअभियानसम्बन्धी एकवर्षीय कार्यक्रम घोषणा गर्दैछ ।

फेसबुकको घर बनाइदिने अफर ||

सान फ्रान्सिस्को- विश्वको नम्बर एक समाजिक सञ्जाल फेसबुकले आफ्ना कर्मचारीको लागि घर बनाइदिने घोषणा गरेको छ। फेसबुकले अमेरिकाको सिलिकन भ्यालीमा घर

धर्मात्मा हात्ती, जसले हरेक दिन नुहाएर मात्र खाना खान्छ (भिडियाेसहित)

हात्तीले पानीमा खेल्न खुबै मन पराउँछ । तर आज हामी एउटा यस्तो हात्तीको बारेमा कुरा गदैछौं जसका लागि पानीमा खेल्नु वा नुहाउनु केवल रहर मात्र होइन, एउटा

राम्रो सेल्फी कसरी खिच्ने? ४ उपाय जान्नुहोस् ||

यदि तपार्इं सेल्फीको सोखिन हुनुहुन्छ भने यसका लागि केही एप्स प्रयोग गर्न सक्नुहुन्छ। जसको माध्यमबाट तपाईंको सुन्दर सेल्फी खिँच्ने सपना पूरा