सरकार संघीयताप्रति गम्भीर भएन : शर्मा

रुकुम, जेठ २१ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।

पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका–३, पोखरामा सोमबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरुले यो कुराको पुष्टि गरेको बताए ।

सरकारले प्रस्तुत् गरेको बजेट र निर्णयमा केन्द्रियता लादिएको भन्दै मुख्य मन्त्रीहरुले अभिव्यक्ति दिइरहेको उनको भनाइ थियो ।

‘संघीयता शक्तिको अधिकतम् विन्यास हो’–उनले भने–‘तर प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरु अहिलेको बजेट र सरकारका निर्णयमा केन्द्रियता लादिएको अभिव्यक्ति दिइरहेका छन् ।’

सरकारले नारा वायुपंखी घोडाको दिने तर कामको पारा भने बयलगाडाको रहेको टिप्पणी गर्दै प्रवक्ता शर्माले सरकारलाई कांग्रेसले रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिकामा सहयोग गरिरहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको भूमिकालाई कमजोर देख्ने र बहुमतको दम्भले जे गरे पनि जे बोले पनि हुने मनःस्थिति पालिरहेमा कांग्रेस कडारुपमा प्रस्तुत् हुनेसमेत उनले बताए ।

फरक प्रसंगमा प्रवक्ता शर्माले नेपालका सबै कम्युनिस्ट पार्टीलाई संसदीय प्रक्रियाको बाटोमा आउन आग्रह गरे ।

उनले पाटीभित्र संरचनाहरुको पूर्णता नहुनु, नाकाबन्दीताका खुलेर बोल्न नसक्नु पनि कांग्रेस हारको कारण रहेको चर्चा गरे । रासस

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको